सरकारले फेरी बढायो मुख्यसचिव देखि पियनसम्मको तलब, हेर्नुहोस कसको कति पुग्यो [सक्कलप्रतिसहित]



हाम्रो इकोनोमि

 

सरकारले यस भन्दा पहिले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुको तलबमान सार्वजनिक गरिसकेको छ । अहिले राष्ट्रसेवक कर्मचारीको नयाँ तलब सार्वजनिक भएको छ ।

 

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले हिजो नयाँ तलबमान सार्वजनिक गरेको छ ।

 

नयाँ तलबमान अनुसार मुख्यसचिव, प्रधानसेनापतिको तलब ६९ हजार ४ सय ८२ रहेको छ । प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ रहेको छ । त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ ।

 

तलबमान अनुसारप्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन् । कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...