५० हजार रुपैयाँ घुससहित अधिकृत पक्राउ



हाम्रो इकोनोमि

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

अमात्यले उद्योग दर्ता गर्न आईई प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा गएको अख्तियारको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

आयोगको कार्यालय, हेटौंडाबाट गएको टोलीले अमात्यलाई सेवाग्राहीसँग घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट आइतबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ अख्तियारको केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैगरी, आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई पनि घुस रकम सहित नियन्त्रणमा लिएको छ ।

उनीहरुले लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस लिएका हुन् ।

उनीहरुले घुस गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट गएको टोलीले दुवैलाई आठ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुलाई लम्की चुहा नगरपालिका-३ व्यवस्थित नगरबाट आइतबार घुस रकमसहित रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...