हिमानीको पत्रकार सम्मेलनमा आकर्षणको केन्द्र बनिन् पूर्णिका



हाम्रो इकोनोमि

 

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा लिखित ‘सन्देश संग्रह’ विमोचन गरिएको छ । उक्त संग्रहलाई पूर्व युवाराज्ञी हिमानी शाहद्धारा सञ्चालित हिमानी कोषले आज केन्द्रीय कार्यालय बालुवाटारमा सार्वजनिक गरेको हो ।

 

पत्रकार सम्मेलन गर्दैै हिमानी कोषकी अध्यक्ष शाहले उक्त संग्रहबाट प्राप्त रकमलाई दैवी उद्धार कोष खडा गरी विभिन्न सामाजिक कार्यमा परिचालन गरिने बताइन । उक्त सन्देश संग्रहमा ०५८ सालदेखि ०७६ सालसम्म जनताका नाममा सम्वोधन गरिएका विभिन्न सन्देशहरु समेटिएका छन् । उक्त सन्देश संग्रहमा पूर्वराजा ज्ञानेन्द्र शाहले लेखेको एक लेख पनि समावेश गरिएको छ ।

कार्यक्रममा कोषकी अध्यक्ष शाहले कोषका लागि ५०० प्रति संग्रह प्राप्त भएको जनाइन । सामाजिक सञ्जालमा आजभोली निकै छाइरहेकी पूर्वयुवराज पारस शाह र हिमानी शाही पुत्री पूर्णिका कार्यक्रमको विशेष आकर्षण बनेकी थिइन । पहिलो पटक पत्रकार सम्मेलन कार्यक्रममा उनी आफ्नो आमा हिमानी शाहसँगै देखिएकी हुन् ।

ज्ञानेन्द्रको सन्देश संग्रह सार्वजनिक

 

पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह प्रकाशन भएको छ । हिमानी कोषले आइतबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो कृति सार्वजनिक गरिएको छ ।

 

कार्यक्रममा कोषकी अध्यक्ष एवं पूर्वयुवराज्ञी हिमानी शाहलगायतको उपस्थिति थियो । यो पुस्तक बिक्रीबाट प्राप्त हुने रकम दैवी उद्धार कोष खडा गरी जम्मा गरिने हिमानीले बताइन् । उनका अनुसार पूर्वराजाले सन्देश संग्रह ५ सय प्रति उपलब्ध गराएका छन् । पूर्वराजा ट्रस्टका संरक्षक छन् । किताबमा २०५८ देखि २०७६ सम्मका सन्देश संग्रहित रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...