सँधै स्वस्थ रहन महिलाले फलो गर्नैपर्ने टिप्सहरु यस्ता छन्



हाम्रो इकोनोमि

 

 

महिलाको शारिरीक अवस्था प्राकृतिक रुपमा नै भिन्न प्रकृतीको छ । उनीहरुले धेरै ख्याल गर्नुपर्छ । आफुलाई दर्बिलो राख्न । स्वस्थ रहन विभिन्न प्रकारका खाद्य पदार्थहरू खानुपर्छ, मुख्य खाजाहरू (कार्बोहाइड्रेट), वृद्धिबर्धक खाजा (प्रोटिन), प्रोटिज धेरै हुने केही वृद्धिबर्धक खाद्यपदार्थहरू खान जरुरी छ ।

रोगरक्षक खाद्य पदार्थ (भिटामिल र खनिज पदार्थहरू) स्फूर्तिदायक खाद्य पदार्थ (गुलियो र चिल्लो पदार्थ) गुलिया तत्व हुने स्फूर्तिदायक स्वस्थकर खाद्य पदार्थहरु खान जरुरी छ । चिल्लो पदार्थ धेरै हुने केही स्फूर्तिदायक खाद्यपदार्थले महिलालाई बलियो बनाउँछ । राम्ररी खाने र आफ्नो शरीरको असल हेरचाह गर्ने महिलाको स्वस्थ गर्भावस्था र स्वस्थ बच्चा हुने बढी सम्भावना हुन्छ ।

यस अध्यायमा स्वस्थ रहने उपायहरूको सूची दिइएको छ । यस सूचीमा बताइएका विषयलाई महिला र उनका परिवारहरूले राम्ररी पालना गर्न सके उनीहरू स्वस्थ रहन सक्छन्। असल खानपानको अर्थ पर्याप्त भोजज र विभिल्ल प्रकारका स्वस्थकर खाद्य पदार्थहरू खानु हो ।

 

असल खानपानलेः

  • रोगहरू विरुद्ध प्रतिरक्षा गर्न र स्वस्थ रहन सहयोग गर्छ ।
  • दात र हड्डीहरू बलिया राख्छ ।
  • काम गर्ने शक्ति दिन्छ। रक्तअल्पता हुन दिँदैन ।
  • आमाको कोखमा रहेको गर्भ राम्ररी विकास हुन सहयोग गर्छ।
  • सत्केरी हुँदा अत्यधिक रक्तस्राव हनबाट रोक्छ ।
  • खास गरी गर्भावस्थामा पोषण कम्ती हुनु सारै खतरनाक हुन्छ । यसले गर्भ
  • तुहाउँन सक्छ, न्यून पोषणका कारण कम तौलको वा जन्मजात खोट भएको
  • बच्चा जन्मन सक्छ। यसले सुत्केरी हुने क्रममा वा भइसकेपछि बच्चा वा
  • आमाको मृत्यु हुने सम्भावना पनि बढाउँछ ।

खालाबारे महिलासँग छलफल गर्नुपर्छ
महिलासँग उनीहरूले खाने गरेका खाद्य पदार्थहरूबारे छलफल गर्नुपर्छ । सुरुदेखि नै स्वस्थकर खाना खाने सल्लाह दिनुपर्छ । स्वस्थ खानाले तिनीहरू स्वस्थ रहने, सजिलै सुत्केरी हुने र स्वस्थ बच्चाको जन्म दिने सम्भावना बढि हुन्छ । महिलाले राम्ररी खाइरहेका छन् छैनन् भन्ने पत्ता लाउन, तिनीहरू के खान्छन् र कति खान्छन् भनी सोध्नुपर्छ । जस्तै ूहिजो के खानु भयो रुू उनले खाने गरेका खाना मध्ये कुन चाहिँ सँच्चै नै स्वास्थ्यवर्धक छ जानेर उनलाई कसरी राम्ररी खाने भन्ने सुझाव दिनुपर्छ।

कुनै महिला स्वास्थ्यका लागि सर्वोत्तम खानाबारे जानकारी भएर पनि पर्याप्त वा विभिन्न प्रकारका खाद्य पदार्थ किन्न नसक्ने अवस्थामा हुनसक्छन्। कुनै कुनै महिलाहरू कुनैकुनै पदार्थको स्वाद मन नपराउने हुनसक्छन् । महिलालाई राम्ररी खाना खान सहयोग गर्न, उनले किन्न सक्ने र खान मन पराउने खालका स्वस्थकर खाद्य पदार्थबारे सल्लाह दिनुपर्छ।

थप खाजा खानुपर्छ
गर्भवती र स्तनपान गराइरहेकी महिलालाई अरू अवस्थाका महिलालाई भन्दा थप खाना आवश्यक पर्छ । थप खानाले पर्याप्त शक्ति र तागत दिन्छ र उनीहरूका बच्चाहरूको बृद्धि हुन सहयोग पुयाउँछ।

केही गर्भवती महिलालाई वाकवाकी लाग्ने भएकाले खान मन गर्दैनन्। तर गर्भवतीले सञ्चो नभएको जस्तो लागे पनि पर्याप्त खाना खानु आवश्यक छ । झन् वाक्वाकीले गर्दा खाएको खाना खेरा गयो भने घरिघरि खाना खाइरहनु पर्छ । आफै घरगाउँमा पाइने साधारण खानाहरू जस्तै रोटी, भात, मकै या कोदाको रोटी खान सजिलो हुन्छ ।

विभिल्ल प्रकारका खाद्य पदार्थहरू खानुपर्छ
गर्भवती महिलाले पनि अरूले जस्तै विभिन्न प्रकारका खाद्य पदार्थ खाने गर्नु महत्त्वपूर्ण हुन्छ । जस्तै मुख्य खाना९ ड्ड कार्बोहाइड्रेटयुक्त ९यसले शक्ति दिनुका साथै पेट भर्छ०, ९ वृद्धिबर्धक प्रोटिनयुक्त पदार्थ, रोगरक्षक भिटामिन तथा खनिज ९ पदार्थ र स्फूर्तिदायक चिल्लो तथा गुलिया पदार्थका सा प्रशस्त मात्रामा झोलिला पदार्थ खाने गर्नुपर्छ ।

मुख्य खाजाहरू (कार्बोहाइड्रेट)
विश्वका अधिकांश स्थानमा, सबै व्यक्तिहरूले आफ्नो भोजनमा एउटा मुख्य खाना वा पेट भर्ने खाना खान्छन्। यस्तो मुख्य खानामा भात, आलु, गहुँको रोटी, च्याँख्ला, ढिंडो वा सस्तो माडयुक्त खाद्य पदार्थ हुन्छन्। यस्तो खानाले मुख्यतः शक्ति दिन्छ। तर स्वस्थ रहनका लागि अरू प्रकारका खाद्य पदार्थ आवश्यक पर्छ।

वृद्धिबर्धक खाजा (प्रोटिन)
वृद्धिबर्धक खानामा प्रोटिन तत्व हुन्छ ९ यो तत्त्व मांशपेशीहरू, हाडहरूलाई विकसित गर्न र रगतलाई दरिलो बनाउन आवश्यक पर्छ । हरेक व्यक्तिलाई स्वस्थ रहन र बढ्नका लागि प्रोटिन आवश्यक छ ।

प्रोटिज धेरै हुने केही वृद्धिबर्धक खाद्यपदार्थहरू

  • गेडागुडी (केराउ चना, मास)
  • अण्डा
  • चीज, दूध, दही घिउ
  • मासु र माछा
  • दलहन, तिल, भटमास
  • नरिवल, बदाम, आदि ।

मासु माछा र चीजहरू पोषणदार खाद्य पदार्थहरू हुन् ९ तर काँचै खाएमा परजीवी र रोगका सूक्ष्मजीवका वाहक बन्न सक्छन् । गर्भवती महिलाले राम्ररी पकाइएको वा उमालेर पकाई चिस्याएको मात्र माछा मासु वा चीज खानु पर्छ ।

रोगरक्षक खाद्य पदार्थ (भिटामिल र खनिज पदार्थहरू)
रोगरक्षक खाद्य पदार्थमा भिटामिन र खनिज पदार्थ हुन्छन्। तिनीहरूले शरीरलाई सङ्क्रमण विरुद्ध लड्न र आँखा छाला तथा हाड स्वस्थ र बलिया राख्न सहयोग गर्दछन्। भिटामिन र खनिज पदार्थ धेरै मात्रामा फलफुल र ई सागसब्जीमा हुन्छन्। महिलाले सकेसम्म विभिन्न प्रकारका फलफुल तथा सागसब्जी खानु महत्त्वपूर्ण हुन्छ ।

स्फूर्तिदायक खाद्य पदार्थ (गुलियो र चिल्लो पदार्थ)
स्फूर्तिदायक खाद्य पदार्थमा गुलिया र चिल्लो पदार्थ हुन्छन्, जस्ले शरीरलाई शक्ति दिन्छन्। हरेक व्यक्तिलाई स्वस्थ रहनका लागि यी पदार्थ आवश्यक छन्। आजभोलि, धेरै व्यक्ति आफूलाई चाहिनेभन्दा बढी मात्रामा गुलिया र चिल्लो पदार्थ खाने गर्दछन्। तिनीहरू चिया, कफी, चिसो तरल पेय पदार्थ, चकलेट र मिठाई आदि खाने गर्छन् वा घरमा बनाइएका खानेकुरा नभै पुरियाबन्दी बजारे खाना वा खाजा खान्छन्। ती पुरियाबन्दी, गुलिया खाद्य पदार्थहरू स्वस्थकर पनि हुँदैनन्। तिनीहरूले दाँतलाई क्षति पनि गर्छन्। यसकारण र स्फूर्तिदायक खाद्य पदार्थ खानु पर्दा पुरियाबन्दी होइन, प्राकृतिक र ताजा खालका खानु राम्रो हुन्छ ।

गुलिया तत्व हुने स्फूर्तिदायक स्वस्थकर खाद्य पदार्थ

  • फलफुल
  • मह
  • सक्खर, गॉड

चिल्लो पदार्थ धेरै हुने केही स्फूर्तिदायक खाद्यपदार्थ

  • नरिवल तथा बदाम,
  • तेल, नौनी घिउ ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...