वामदेवले भने कास्कीमा विद्या भट्टराईलाई उठाऊँ



हाम्रो इकोनोमि

 

नेकपाका सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उठाउन प्रस्ताव गरेका छन् ।

गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा बाहिर आएएपछि उनले आफ्ना शुभचिन्तकसँग विद्यालाई उठाउने बताएका हुन् । उनले उपचुनाव लड्ने पक्षमा नरहेको बताएको भेटमा सहभागी एक नेताले नेपाल समयलाई जानकारी दिए।

तत्कालीन संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ रिक्त भएको हो। गौतमले उपचुनावमा सो क्षेत्रबाट विद्यालाई उम्मेदवार बनाउन पार्टीमा प्रस्ताव लैजाने शुभचिन्तकलाई जानकारी गराएका थिए।

उनले आफू उम्मेदवार बन्ने भनी हल्ला चलाएर आफूलाई बदनाम गर्न खोजिएको गुनासो गरेका थिए। गौतमले आफू आमचुनावमा प्युठान वा बर्दियाबाट  मात्र उम्मेदवार बन्ने बताएका थिए।

गौतमलाई यसअघि नै कुनै क्षेत्रका सांसदलाई राजीनामा दिन लगाएर पनि चुनाव लडाउने चर्चा थियो। तर त्यसले उनको लोकप्रियतामा आँच आएको भन्दै त्यो प्रचार बन्द गरिएको थियो।

यस्तो छ कास्की क्षेत्र नं २ को स्थिति 

यो क्षेत्र पूर्व एमालेको पकड मानिन्छ। अहिले पनि नेकपाको राम्रो पकड छ। तर सहरी क्षेत्रमा सरकारको नराम्रो कामको असर पर्ने गर्छ । त्यसैले यो क्षेत्रमा कसले जित्छ भन्न सक्ने अवस्था रहँदैन।  निर्वाचनमा स्व. अधिकारीले यस क्षेत्रबाट २७ हजार २ सय ७ मत प्राप्त गरी विजय भएका थिए।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेका थिए।  निर्वाचनमा ८ हजार ५ सय ४५ अन्तर ठूलो होइन। त्यसैले कास्की ३ मा सजिलै नेकपाको शाख जोगाउन चुनौती थपिएको नेपालसमयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...