अर्को महीना आईफोन ११ सार्वजनिक गर्दैछ एप्पलले, विशेषता यस्ता हुनेछन



हाम्रो इकोनोमि

 

 

अर्को  महीना आईफोन ११ सार्वजनिक गर्दैछ एप्पलले, विशेषता यस्ता हुनेछन, एप्पलले आफ्नो नयाँ आईफोन सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ । एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्न लागेको हो । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।

एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ । यसको सहयोगमा प्रयोगकर्ताले धेरै कामहरु सहजै गर्न सक्छन् ।समाचारमा बताइएअनुसार यसपटक आईफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्नसक्छ ।

यसमा पहिलोपटक डार्क मोड सामेल गरिएको छ । यसमा होम स्क्रिन रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्तालाई नयाँ इन्टरफेस मिल्नेछ । साथै एक पेजमा धेरै एप्स देखिनेछन् । यसमा स्प्लिट व्यूका लागि नयाँ अपडेट पनि मिल्नेछ । जसबाट मानिसहरु एकसाथ धेरै फाइल र डकुमेन्ट्समा काम गर्न सक्नेछन् ।

एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले आईओएस१३ मा सार्वजनिक गर्नसक्ने बताइएको छ । कम्पनीले आईओएस१३ मा केही विशेष फिचर्स पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...