होटलमा काम लगाइदिन्छु भन्दै अर्कै धन्दा



हाम्रो इकोनोमि

 

ईटहरी उपमहानगरपालिका – ६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारी २ किशोरीलाई यौ’नध’न्दा गराएको अभियोगमा पाँचथर फिदिम फलैचा-८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका-१२ बस्ने २९ वर्षीय सरोज कार्कीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई प्रलोभनमा पारी यौ’नध’न्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता गुल्मीमा छिमेकीलाई खु’कुरी प्र’हार गरी घा’इते बनाएको अभियोगमा मदाने गाउँपालिका-१ अग्लुङ बस्ने २० वर्षीय बाबुराम चन्दलाई प्रहरीले पक्राउ गरेको छ । चन्द र सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त बोहराबीच शनिबार राति मादक पदार्थ सेवन गर्ने क्रममा सामान्य बिवाद भएपछि चन्दले बोहरालाई खु’कुरी प्र’हार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले चन्दलाई खु’कुरी सहित पक्राउ गरेको हो ।

घाइते बोहारालाई स्थानीय प्राथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल तम्घास हुँदै लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...