चर्चामा रहेकी अन्जलीको यस्तो घमण्ड !! के घमण्डले ओझेलमा त् पर्ने होइन ?



हाम्रो इकोनोमि

 

चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ ।

विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू बताउँछन् ।

अभिनयमा उत्कृष्ट अन्जलीलाई यही घमन्डले सिध्याउने त होइन ? कतिपय संगीतकर्मीको आशंका छ । एक स्रोतका अनुसार अन्जलीको व्यवहारकै कारण केही कोरियोग्राफर, सिनेम्याटोग्राफर तथा सर्जकसँग उनको सम्बन्ध चिसिएको छ ।चर्चामा जो पनि आउँछन्, तर त्यसलाई यथावत् राख्न सक्नु कलाकारको विशेषता हो । त्यसैले अन्जलीले समयमै सचेत हुने हो कि ?

लजालु लुक्सले चर्चित अञ्जली एक्कासी यस्ती हट अवतारमा देखिईन, यस्तो छ भिडियो
गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमको शब्दमा एनके ब्रदरर्सको संगीत रहेको गीतको पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय गरेकी छन् ।

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन् । प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् ।

गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए । यसअघि गलबन्दी बोलको गीतमा अञ्जली लजालु युवतीको भूमिकामा निकै जमेकी थिइन्

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...