चर्चामा रहेकी अन्जलीको यस्तो घमण्ड !! के घमण्डले ओझेलमा त् पर्ने होइन ?



 

चलचित्रका अभिनेता/अभिनेत्री हुन् वा म्युजिक भिडियोमा अभिनय गर्ने नर्तक/नृत्यांगना, अलिकति चर्चामा आउनेबित्तिकै उनीहरू एक खालको नखरा देखाउन थालिहाल्छन् । यस्तै घमन्ड मोडल तथा नृत्यांगना अन्जली अधिकारीमा पनि देखा पर्न थालेको बताइन्छ ।

विगत चार वर्षदेखि म्युजिक भिडियोमा व्यस्त अधिकारी एक वर्ष अघि सार्वजनिक भएको बोलमाया गीतको भिडियोबाट आमदर्शकको नजरमा परेकी हुन् भने गलबन्दीले उनलाई थप चर्चामा ल्यायो । त्यससँगै अन्जलीको पारो चढेको संगीतकर्मीहरू बताउँछन् ।

अभिनयमा उत्कृष्ट अन्जलीलाई यही घमन्डले सिध्याउने त होइन ? कतिपय संगीतकर्मीको आशंका छ । एक स्रोतका अनुसार अन्जलीको व्यवहारकै कारण केही कोरियोग्राफर, सिनेम्याटोग्राफर तथा सर्जकसँग उनको सम्बन्ध चिसिएको छ ।चर्चामा जो पनि आउँछन्, तर त्यसलाई यथावत् राख्न सक्नु कलाकारको विशेषता हो । त्यसैले अन्जलीले समयमै सचेत हुने हो कि ?

लजालु लुक्सले चर्चित अञ्जली एक्कासी यस्ती हट अवतारमा देखिईन, यस्तो छ भिडियो
गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नरेश गौतमको शब्दमा एनके ब्रदरर्सको संगीत रहेको गीतको पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय गरेकी छन् ।

बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन् । प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् ।

गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए । यसअघि गलबन्दी बोलको गीतमा अञ्जली लजालु युवतीको भूमिकामा निकै जमेकी थिइन्

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग