काम खोज्न दुबइ गए काम पाएनन्, श्रीमतीसँग मागेको २० हजारले एक झट्कामा करोडपति



हाम्रो इकोनोमि

 

कसको भाग्य कतिबेला बदलिन्छ भन्ने कसैलाई थाहै हुँदैन । यस्तै भएको छ एक भारतीय किसानलाई, जसले पहिले काम नपाएर अरुको भरमा बाँच्नुपरेको थियो । उनी एक झट्कामा ४५ करोड रुपैयाँको मालिक भएका छन् ।

गल्फ न्यूजको समाचार अनुसार विलास रायक्ला नामका यी किसान कामको खोजीमा दुबइ गएका थिए ।

तर उनले त्यहाँ काम नपाएपछि निराश भएर भारत फर्के । घर आएर उनले श्रीमतीसँग २० हजार मागेर एउटा लट्रीको टिकट किने । त्यसपछि एक झट्कामै विलासको भाग्य बदलियो । उनी ४ मिलियन डलरका मालिक भने ।

हैदराबादका विलास डिएच १५ रफल लट्रीको विजेता बनेका हुन् । रोचक त के भने दुबइमा काम नपाएपछि उनले ४५ दिन अगाडि दुबइ छोडेका थिए ।

शनिबार उनलाई यो कुराको जानकारी दिइयो कि उनले निकै ठूलो धनराशी जितेका छन् ।

रिपोर्टका अनुसार विलास र उनकी पत्नी हैदराबादमा धान खेती गर्छन् र यसबाट उनीहरुको वार्षिक आम्दानी करिब ३ लाख रुपैयाँ छ । विलास पहिले दुबइमै बस्थे र ड्राइभरको काम गर्थे । उनले त्यहाँ हुँदा पहिले पनि टिकट किन्ने गर्थे तर पुरस्कार जित्न सफल भएका थिएनन् । विलासमा अनुसार उनले कामको प्रयासमा असफल भएपछि पत्नीसँग २० हजार रुपैयाँ मागेर आफ्ना साथी रविलाई लट्रीको टिकट किन्न दिएका थिए । रविले विलाको नामबाट ३ टिकट किनेका थिए तीमध्ये एक टिकटबाट विलासले ठूलो रकम जिते ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...