भिडीयो मै हेर्नुहोस् नेपालकै सबैभन्दा राम्रो अक्षर लेख्ने १३ बर्षकी नानी ।



हाम्रो इकोनोमि

 

 

हामीलाई हाम्रा बालबालिकाहरुले राम्रो लेखे र पढे भने कति आनन्द मिल्छ । आफ्नो बच्चाहरुले पढाईमा प्रगति गर्दा खुशी नहुने अभिभावक को नै होला र यो संसारमा । लेखेको कुरा मज्जाले पढ्न सक्ने बिद्यार्थी कक्षा कोठामै अव्बल मानिन्छ अझै उत्कृष्ट लेखन शैली अर्थात हेण्ड राईटिंग भएका बिद्यार्थी त सबैको प्यारो हुन्छन् । सबै अभिभावकहरु आफ्ना बच्चाहरुले उत्कृष्ट हेण्ड राईटिंग लेखुन भन्ने सोचमै हुन्छन् । आज हामी नेपालकै उत्कृष्ट हेण्ड राईटिंग भएकी प्रियंका भण्डारीको भिडियो तपाईहरुलाई देखाउंदैछौं । १३ बर्षकी प्रियंका भण्डारी काठमाडौंको नेपालटारमा रहेको नेशन मोडेल इग्लिस स्कुलमा आठ कक्षामा पढ्दछिन् । पढाईमा पनि अव्वल प्रियंका २०७५ सालको राष्ट्रिय स्तरको हेण्ड राईटिंग प्रतियोगितामा हजारौं बिद्यार्थीहरुलाई पछि पार्दै प्रथम भईन् । नेपाली र अंग्रेजी दुवै अक्षर उत्कृष्ठ लेख्ने प्रियंकाले स्कुल स्तरिय प्रतियोगिता र अन्य बिभिन्न प्रतियोगितामा आफ्नो कुशल अक्षरका कारण थुप्रै पुरस्कारहरु जितिसकेकी छिन् ।

दर्शकबृन्द त्यसो त सामाजिक सन्जालमा यसपुर्व अर्की नानी प्रकृति मल्लको हेण्ड राईटिंगको चर्चा पनि हामीले सुनेकै छौं । प्रकृतिले अन्तराष्ट्रिय हेण्ट राईटिंग प्रतियोगिता समेत जितेकी थिईन् तर २०७५ सालको राष्ट्रिय स्तरको हेण्ड राईटिंग प्रतियोगितामा भने प्रियंका उत्कृष्ठ भएकी हुन् । प्रियंकाको घरमै पुग्दा उने आफुले कोरेका चित्रहरु पनि देखाईन् । भविष्यमा पढाई पुरा गरेर एउटा कुशल कलाकार बन्ने सोच राखेकी प्रियंका फुर्सदको समयमा नृत्य पनि गर्दछिन् । उनले आफुले जितेका पुरस्कारहरुले हामीलाई देखाईन् । दर्शकबृन्द, कसरी राम्रो हेड राईटिंग लेख्ने त ? आउनुहोस प्रियंका भण्डारीसंग हामीले गरेको कुराकानी पुरा हेरेर साथ दिनुहोस ।

प्रतिक्रिया दिनुहोस
एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...

प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो : एमाले

  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले संसद्लाई छल्ने, अपमान गर्ने...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा आज पनि प्रधानमन्त्री बालेन शाहको...

प्रधानमन्त्री, मन्त्रीहरू सदनबाट भागे : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै...