कुन उमेर बढी आनन्दमयी ? यस्तो रहेछ तथ्य



हाम्रो इकोनोमि

 

अहिलेसम्म मानिँदै आएको थियो कि पुरुषको तुलनामा महिलाहरु बढी उमेरमा सेक्सको आनन्द भरपुर लिने गर्दछन् । यदि तपाई पनि यस्तै सोच्नु हुन्छ भने एकपटक एउटा ताजा अध्ययनमा नजर दौडाउनुस् । किनभने यो अध्ययनका अनुसार यस्तो हुँदैन, बरु कथा त्यसको उल्टो हुने गर्दछ ।

 

एटलान्टाको एउटा सेक्स टोय बनाउने कम्पनी ‘लभहनी’ ले गराएको अध्ययनअनुसार महिलाहरु पूरै जीवनकालमा सेक्सको सबैभन्दा बढी आनन्द २६ वर्षको उमेरमा लिने गर्दछन् । जबकि पुरुष ३२ वर्षको उमेरमा सबैभन्दा बढी यौन आनन्द लिने गर्दछन् ।

 

यो अध्ययनमा १ हजारलाई सहभागी गराइएको थियो । जसको उमेर १८ देखि ६५ वर्ष थियो । उनीहरुसँग आफ्नो जीवनमा सबैभन्दा बढी यौन आनन्द कुन उमेरमा लिइयो भन्ने प्रश्न सोधिएको थियो । अध्ययनले अहिलेसम्म रहँदै आएको मान्यतालाई ठिक उल्ट्याइदियो । अहिलेसम्म पुरुषले १८ वर्षको उमेर र महिलाहरुले ३५ वषएको उमेरमा बढी यौन आनन्द लिने गरेको मानिँदै आएको थियो ।

 

अध्ययनमा सहभागीहरुसँग सोधिएको थियो कि उनीहरुले आफ्नो कौमार्य कति वर्षको उमेरमा गुमाए ? कुन उमेरमा सबैभन्दा बढी सेक्स गरे ? कुन उमेरमा सबैभन्दा बढी यौन आनन्द प्राप्त गरे ? अध्ययनमा अधिकांश पुरुषले १७ वर्षको उमेरमा पहिलोपटक सेक्स गरेको बताए भने महिलाहरुले १६ वर्षको उमेरमा कौमार्य गुमाएको बताए ।

 

अध्ययनका अनुसार पहिलोपटक सेक्स गरेपछि पुरुषहरुले आफ्नो बेस्ट सेक्सका लागि १५ वर्ष प्रतिक्षा गरेका थिए भने महिलाहरुले १० वर्षपछि बेस्ट सेक्सको अनुभव गरेका थिए । रिलेशनसीप एक्सपर्ट ट्रेसी काक्सका अनुसार अन्य सबै कुराजस्तै सेक्स पनि तपाई जति बढी गर्नुहुन्छ, त्यति नै बढी उत्तम हुँदै जान्छ । एजेन्सी

महिला पुरुषले सम्बन्ध कतिबेला र कतिपटक राख्ने

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुन्छ । अरु यस्ता कारण पनि छन्, जसले तपाईंलाई विहानकै समयमा सेक्स गर्न उत्साह पैदा गर्न सक्छ ।

 

एउटा मात्र होइन, धेरै किसिमका सोध र अनुसन्धानबाट तपाईंलाई स्वस्थ राख्न विहानको समय नै सेक्सको लागि उपयुक्त रहेको पत्ता लागेको छ । सबैभन्दा उत्तम समय भनेको विहान साढे ७ बजे हो ।

 

स्टमडीको अध्ययन अनुसार यो समयमा शरिरमा सेक्स हार्मोन्सको मात्रा बढि उत्पन्न हुने भएकोले विहानै ओछ्यानमा ७ बजेर ३० मिनेटमा सेक्स गर्न सुरु गर्दा अति उत्तम हुन्छ । यतिमात्रै होइन विहानको सेक्सले दुबैजनालाई दिनभरी थकान महसुस नहुने, दिमाग पनि तिक्ष्ण हुने र दिनभरी ताजा महसुस हुने गर्दछ । इटलीमा गरिएको अध्ययनबाट विहान साढे ७ बजे सेक्स गर्दा उत्तेजना चाँडै हुन्छ ।

 

सेक्स गर्नुस् मोटोपन घटाउनुस्

अमेरिकाको एक सोध वैज्ञानिक र सेक्स सलाहकार डा. डेबी हरबेनिकले एक अनुसन्धानको क्रममा सेक्सको सबैभन्दा उत्तम समय विहान नै रहेको पत्ता लगाए । डा. डेबीका अनुसार विहानको समयमा सेक्स गर्दा हाम्रो शरिरबाट निस्कने केमिकल्सबाट धेरै सन्तुष्टि मिल्छ । जसबाट खुसी मात्रै होइन स्वस्थ पनि भइन्छ । यसैगरी अमेरिकी अर्का सेक्स सलाहकार जेन ग्रीनरका अनुसार विहानको समयमा सेक्स गर्दा राम्रो व्यायाम पनि हुन्छ । सेक्स एकप्रकारको व्यायाम पनि हो । उपयुक्त समयमा नियमित सेक्स गरे पनि मोटोपन घट्ने अध्ययनबाट पत्ता लागेको छ ।

 

सेक्स कतिपटक गर्ने ?
सेक्स कतिपटक गर्ने भन्ने नापतौल छैन । आवश्यकता अनुसार सेक्स गर्न सकिन्छ । तर, भनिन्छ नी धेरै खायो भने चिनि पनि तितो हुन्छ । उपयुक्त समयमा र आफ्नो पार्टनरको मुड हरेर सेक्स गर्न सकिन्छ । त्यसैले एकसातामा तीनपटक सेक्स गर्दा राम्रो हुने विज्ञहरुले बताएका छन् । विहानमा सेक्स गर्दा महिला र पुरुष दुबैमा प्रजनन क्षमता पनि बढ्छ । लेखिका जेनी ट्रिप्लेटका अनुसार विहानमा सेक्स गर्दा महिलाहरुलाई धेरै शक्ति प्राप्त भएको महसुस हुन्छ ।

 

विहानको सेक्समा कसरी मजा लिने ?

विहानको समयमा पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन भने विहानमै सेक्स गर्दा राम्रो । विहानको समयमा सेक्सको साथसाथै पार्टनरसँगै बाथरुममा ‘शावर’मा नुहाउदै मजा लिन पनि सकिने विज्ञहरुको भनाइ छ । यसो गर्दा आफ्नो पार्टनरसँग अझै बढि आत्मियता प्राप्त पाउने मात्रै होइन रमाइलो पनि हुन्छ ।

 

रातिमा सेक्स किन नगर्ने ?

विहानमा सेक्स गर्ने तर रातीमा किन नगर्ने भन्ने जिज्ञासा लाग्न सक्छ । रातीमा खासगरी खाना खाएर बेडमा जाने र सुत्नेबेला सेक्स गर्छन् धेरैजसो जोडिले । तर, खाना खाएर सेक्स गर्नु र खाना खाएर नुहाउनु भनेको रोग निम्ताउनु हो । त्यसैले रातीमा सेक्स गनुभन्दा विहान मै गर्दा राम्रो हुने विज्ञहरुको सुझाव छ । रातीको सेक्समा नयाँपन नहुने पनि बताउने गरिएको छ

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...