अब मोटरसाइकलमा यात्रु बोक्न नपाईने



हाम्रो इकोनोमि

 

सरकारले अब नीजी सवारीलाई व्यावसायिक प्रयोजनमा लगाउन नपाउने बताएको छ । प्रदेश ३ सरकारले निजी सवारीसाधनलाई भाडामा प्रयोग गर्न नपाइने गरी कानुन ल्याएको हो । प्रदेश ३ ले बनाएको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनमा निजी सवारीलाई व्यावसायिक प्रयोजनमा चलाउन नपाउने गरी घुमाउरो भाषामा प्रतिबन्ध लगाउन खोजेको देखिएको छ ।

निजी सवारीलाई गैर–व्यावसायिक सवारीको रूपमा परिभाषित गरेको प्रदेश ऐनले यस्ता सवारीले निश्चित रुट, भाडा निर्धारण तथा यात्री बिमा गरेमा मात्र यात्रु बोक्न पाइने उल्लेख गरेको छ । गैर–व्यावसायिक सवारीको भाडा निर्धारण र यात्री बिमा सहज भए पनि यस्ता सवारीको रुट कायम गर्न भने जटिल देखिएको छ ।

ऐनको दफा १३ को उपदफा १ मा ‘निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त सवारीलाई गैर–व्यावसायिक सवारी भनिनेछ’ भनी लेखिएको छ । त्यस्तै उपदफा २ मा गैर–व्यावसायिक सवारी व्यावसायिक रुपमा यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भनी स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...