के पूर्वराजा ज्ञानेन्द्र पनि सिंगापुर जाँदैछन् ?



हाम्रो इकोनोमि

 

यसै साता चीन भ्रमणमा निस्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको ट्रान्जिट सिंगापुरमा हुने विषयले नेपाली राजनीति तातेको छ ।बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाह, परिवारका केही सदस्य र सहयोगीसहित चीन निस्कन लागेका पूर्वराजाको ट्रान्जिट त्यहाँ हुने जनाइएको छ । केही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरको आराम भ्रमण तथा परिवारसहित युएई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्रमणसँग जोडेर पूर्वराजाको ट्रान्जिटलाई हेरिएको छ ।

 

निर्मलनिवास स्रोतले भने भ्रमण हुन सक्ने बताए पनि यसको औपचारिक जानकारी दिएको छैन । स्रोतले भन्यो,‘भ्रमण हुने कुराकानी चलेको छ, तयारी र तालिकाबारे खुलेको छैन ।’

 

सकभर यो भ्रमणलाई निर्मलनिवासले गोप्य राख्न चाहेको छ । केही समयअघि मात्र एक महिना भन्दा लामो थाइल्यान्ड भ्रमण सकेर पूर्वराजा परिवारसहित नेपाल फर्किएका थिए ।

 

‘यी अनौपचारिक भ्रमण भए पनि एकअर्कासँग जोडिन सक्ने आधार हुन सक्छन्, जसलाई संयोग मात्र मान्न सकिन्न’, एक जना राजनीतिक विश्लेषक भन्छन्,‘कुनै विदेशी शक्तिको संयोजनमा यस्तो संयोग हुन सक्छ ।’

 

हालै मात्र भारतीय गुप्तचर संस्था रअ प्रमूख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री ओली, प्रचण्ड र पूर्वराजासँग पनि गोप्य भेट गरेको भन्ने चर्चा थियो । यसैको राजनीतिक तरङ्गका रूपमा यी हाईप्रोफाइल अनौपचारिक भ्रमण हुन सक्ने अनुमान गरिएको छ ।

 

तर, गोयलसँगको भेट भएको भन्नेबारे पूर्वराजाको सचिवालयले खण्डन गरेको थियो । उनका प्रेस सहयोगी डा. फणिन्द्र पाठकले त्यस्तो कुनै भेट नभएको बताएका थिए ।

 

सिंगापुर भ्रमण किन शंकामा पर्छ ?

तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको उपचारका क्रममा सिंगापुरमा प्रचण्डसँग भेट भएको थियो । उक्त भेट सकी प्रचण्ड नेपाल फर्किनासाथ तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनु परेको थियो ।

 

कोइरालाले प्रचण्डलाई सिंगापुरमा नै राजनीतिक व्यवस्था सुदृढ गर्ने र जिम्मा लिनका लागि आग्रह गरेको बेलामौका प्रचण्डले नै भन्ने गरेका छन् । कतिपयले तत्कालिन भारतीय प्रशासनले नै नेपालको राजीनामा गराउने विषयमा गोप्य बैठक गरेको थियो । यसै कारण पनि हाइप्रोफाइल भ्रमण वा ट्रान्जिटलाई सशंकित दृष्टिबाट हेर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...