प्रहरी चौकी गेट नजिकबाट २ बालक अपहरण



हाम्रो इकोनोमि

 

काठमाडौंस्थित जय बागेश्वरीबाट मकवानपुर जिल्लाका दुई बालक अपहरण परेका छन् । मकवानपुरस्थित बकैया गाउँपालिका वडा नं. ४ का किरण हटवाल र कृष हटवाल अपहरण परेका हुन् । उनीहरु दाजुभाई हुन् ।

काठमाडौं गौशालास्थित् जय बागेश्वरीमा रहेको बाल सारथी एकेडेमी विद्यालयमा कक्षा २ मा अध्यायनरत वर्ष १५ का कृष हटवाल र वर्ष १२ का किरण हटवाल अपहरण परेका हुन् ।

महानगरीय प्रहरी परिसर गौशालाका डिएसपी प्रदिप कुमार सिंहले उज्यालो नेटवर्कलाई दिएको जानकारी अनुसार उनीहरुलाई बिहीबार राति १० देखि ११ बजेको बीचमा अपहरणकारीले नियन्त्रणमा लिएको हो ।

उनका अनुसार अपहरणकारी र दुई बालकको खोजीकार्य जारी छ । ती बालकका बुवाले गौशाला प्रहरी चौकीभन्दा ५० मिटर दक्षिणमा पार्किल स्थल सञ्चालन गर्दै आएका छन् ।

विद्यालय समय सकेर नियमित रुपमा ती बालकद्धय पार्किङस्थल जाने गरेका थिए । बिहीबार राति पार्किङस्थल पुगेपछि उनका बुवा खाना खान घर गएका थिए । उनका बुवा राजेश हटवाल खाना खाएर फर्किने क्रममा छोराहरु गायब भएका थिए । उनीहरु हालसम्म गायब नै छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...