सुत्केरी भएको ११ दिनपछि गेब्रिएलाले देखाइन् स्लिम बडी, इन्स्टाग्राममा सेयर गरिन् सेल्फी



हाम्रो इकोनोमि

 

बलिउड नायक अर्जुन रामपाल र उनकी प्रेमिका गेब्रिएला १८ जुलाईमा बुवा–आमा बने । उनीहरुले आफ्ना छोरा अरिक रामपालको फोटो सोसल मिडियामा सेयर गरे । आमा बनेको ११ दिनपछि गेब्रिएलाले व्यायामपछि ऐनामा खिचिएको आफ्नो सेल्फी सेयर गरिन् जसमा उनी निकै फिट देखिएकी छिन् । उनको फिट बडी देखेर उनी केही दिन अघिमात्रै आमा बनेको भनेर विश्वास गर्न मुश्लिक पर्छ ।

 

इन्स्टाग्राममा सेयर गरिन् सेल्फीः

ग्रेब्रिएलाले इन्स्टाग्राम स्टोरीमा उक्त सेल्फी सेयर गरेकी हुन् । उनले यो सँगै क्याप्सनमा लेखिन्, ‘यौ फोटो म सुत्केरी भएको ११ दिनपछि खिचिरहेकी छु । मुश्किल थियो तर तपाईंको शरीर एउटा अद्भूत चीज हो । त्यसकारण आमा बनेपछि यसमाथि काम गर्न बन्द नगर्नुहोस् । राम्रो खानपिन गर्नुहोस्, घुम्नुहोस् र आफूलाई राम्रो महसुस गराउनुहोस् ।

मलाई योगाले निकै मद्दत गर्यो । मेरी ट्रेनर तनवीले यतिबेला मलाई निकै सहयोग गरिन् । अर्को कुरा भन्नु कि सबैको शरीर भिन्न हुन्छ । त्यसकारण राम्रो परिणामका लागि धैर्य गर्नुहोस् ।’

थुप्रै सेलिब्रिटी आमा बनेका छन् अहिलेसम्म कसैले पनि यति छोटो समयमा यस्तो परिवर्तन हाँसिल गर्न सकेका थिएनन् । करिना कपुर खानले सुत्केरी भएपछि १० महिनासम्म जिममा पसिना बगाउनुपरेको थियो । यसबाहेक यो वर्ष आमा बनेका ईशा देओल र सुरविन चावला अहिलेसम्म जिममा कसरत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...