सुष्मिता सेनका भाइ बुहारीको हनिमुनबाट फर्किएलगत्तै खटपट ? लेखियो, ‘जब मौनता बोल्न थाल्यो तब बबाल भयो’



हाम्रो इकोनोमि

 

बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो समयमा यी दुईबीच खटपट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुष्मिताकी बुहारीले कविता शैलीमा आफू र श्रीमानको सम्बन्धबारे लेखेकी छिन्, ‘चुप हुँदा जिन्दगी उत्कृष्ट तरिकाले बितिरहेको थियो, जब मौनता बोल्न थाल्यो तब बबाल भयो ।

 

यतिमात्र होइन, सुष्मिताका भाइ राजीव र चारुले इन्स्टाग्राममा एक–अर्कालाई अनफलो पनि गरेका छन् । यी दुईले एक अर्कालाई हेर्न पनि नचाहेको भारतीय संचारमाध्यमले लेखेका छन् । यी दुईले विवाहको डेढ महिनाभित्रै आफ्नो सोसल अकाउन्टबाट एक–अर्काको तस्बिर हटाएका छन् । दुबैले हालै आफ्नो प्रोफाइल फोटोमा विवाहको फोटो हटाएर सिंगल फोटो राखेका छन् ।

 

यसै वर्ष जून १६ मा भएको थियो विवाहः

सुष्मिताका भाइ राजीवले डेढ महिनाअघि मात्रै टिभीकी नायिका चारु असोपासँग विवाह गरेका थिए । त्यसपछि यी दुई हनिमुनमा गएका थिए । दुबैको हनिमुनका तस्बिर सोसल मिडियामा निकै भाइरल भयो । तर अचानक यी दुईबीच अचम्मको दुरी पैदा भयो ।

 

विवाहबारे सोध्ने सबैलाई ब्लक गरिरहेका छन् राजीवः

दुबैको सम्बन्धबारे धेरैले चासो व्यक्त गरिरहेका छन् । राजिवलाई केही प्रशंसकले उनीहरुको विवाहबारे सोध्न सुरु गरेका छन् । केही रिपोर्टले यो पनि दाबी गरिरहेको छ कि राजीवलाई विवाहबारे प्रश्न सोध्ने व्यक्तिलाई उनले तत्काल ब्लक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...