सुष्मिता सेनका भाइ बुहारीको हनिमुनबाट फर्किएलगत्तै खटपट ? लेखियो, ‘जब मौनता बोल्न थाल्यो तब बबाल भयो’



हाम्रो इकोनोमि

 

बलिउडकी चर्चित नायिका सुष्मिता सेनका भाइ राजीव सेन र बुहारी चारु असोपाको एक महिनाअघि विवाह भएको थियो । दुबैको केही दिन अघिमात्रै हनिमुन समाप्त भएको थियो । तर यो छोटो समयमा यी दुईबीच खटपट सुरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् । सुष्मिताकी बुहारीले कविता शैलीमा आफू र श्रीमानको सम्बन्धबारे लेखेकी छिन्, ‘चुप हुँदा जिन्दगी उत्कृष्ट तरिकाले बितिरहेको थियो, जब मौनता बोल्न थाल्यो तब बबाल भयो ।

 

यतिमात्र होइन, सुष्मिताका भाइ राजीव र चारुले इन्स्टाग्राममा एक–अर्कालाई अनफलो पनि गरेका छन् । यी दुईले एक अर्कालाई हेर्न पनि नचाहेको भारतीय संचारमाध्यमले लेखेका छन् । यी दुईले विवाहको डेढ महिनाभित्रै आफ्नो सोसल अकाउन्टबाट एक–अर्काको तस्बिर हटाएका छन् । दुबैले हालै आफ्नो प्रोफाइल फोटोमा विवाहको फोटो हटाएर सिंगल फोटो राखेका छन् ।

 

यसै वर्ष जून १६ मा भएको थियो विवाहः

सुष्मिताका भाइ राजीवले डेढ महिनाअघि मात्रै टिभीकी नायिका चारु असोपासँग विवाह गरेका थिए । त्यसपछि यी दुई हनिमुनमा गएका थिए । दुबैको हनिमुनका तस्बिर सोसल मिडियामा निकै भाइरल भयो । तर अचानक यी दुईबीच अचम्मको दुरी पैदा भयो ।

 

विवाहबारे सोध्ने सबैलाई ब्लक गरिरहेका छन् राजीवः

दुबैको सम्बन्धबारे धेरैले चासो व्यक्त गरिरहेका छन् । राजिवलाई केही प्रशंसकले उनीहरुको विवाहबारे सोध्न सुरु गरेका छन् । केही रिपोर्टले यो पनि दाबी गरिरहेको छ कि राजीवलाई विवाहबारे प्रश्न सोध्ने व्यक्तिलाई उनले तत्काल ब्लक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...