कोसँग फसे राजकुमारको जस्तो जीवनशैली भएका शाहरुखका छोरा ?



हाम्रो इकोनोमि

भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खान अहिले सञ्चारमाध्यममा चर्चामा रहेका छन् । हालसालै आर्यन खानले ‘द लायन किङ’मा आफ्नो आवाज दिएर धेरैलाई प्रभावित पनि गरेका छन् ।

 

यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ पनि गरिरहेको छ । त्यस्तोमा आर्यन खान एक युवतीसँग देखिएका छन् । यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समाचारमा बताइएअनुसार उक्त युवती लण्डनकी चर्चिन ब्लगर हुन् ।

 

सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार आर्यन खान अहिले यिनीसँगको प्रेमसम्बन्धमा छन् । तर, अहिलेसम्म यो कुराको पुष्टि भने भइसकेको छैन । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा आर्यन खान उक्त युवतीसँग पोज दिँदै गरेको देखिन्छ ।

 

आर्यनको जन्म १३ नोबेम्बर १९९७ मा महाराष्ट्रमा भएको हो । आर्यनले स्कूलको शिक्षा सेवनोक्स स्कूल लण्डनबाट लिएका हुन् । आर्यनलाई रग्बी, तेक्वान्डो जस्ता खेल मन पर्छ । सन् २०१० मा  आर्यनले तेक्वान्डोमा गोल्ड म्याडल जितेका थिए । यस बाहेक संगीत पनि उनको रूचिको बिषय हो । पैसाको कुरा गर्ने हो भने आर्यनका बुबा शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाको सम्पती रहेको छ ।

 

आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै ‘मन्नत’ बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ । आर्यनको खास साथिमा अमिताभ बच्चनकी नातिनी नव्या नवेलीको नाम आउछ । प्राय आर्यन नव्यासँग देखिन्थे ।

 

यसअघि पनि आर्यन चलचित्रमा पनि देखिसकेका छन् । ‘कभी खुशी, कभी गम’मा आर्यनले शाहरुख खान सानो छदाको भुमिका निभएका थिए। यस बाहेक आर्यनले हलिउड चलचित्र ‘द इन्क्रेडिबल्स’को हिन्दी भर्जनको लागि स्वर दिएका थिए । आर्यन खान बहुबली स्टार प्रभास र राणा दग्गुबातीको साथमा अब छिटै नै साउथ फिल्ममा आउनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...