मोवाइल अफ गरेर कता लुके शिल्पा र छबि



हाम्रो इकोनोमि

 

निर्माता छबिराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध साउन ८ गते काठमाडौँ जिल्ला अदालतको अनुमतिमा महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ पुर्जी जारी ग¥यो।

छबिकी जेठी श्रीमती हेमा ओझले दुबैविरुद्ध दर्ता गरेको बहुविवाहको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको थियो। पुर्जी जारी हुनु अघिल्लो दिनसम्म मिडियामा आइरहेका अनि मोबाइल अन नै रहेका उनीहरु पक्राउ पुर्जी जारी भएको दिनदेखि सम्पर्कविहीन छन्।

दुबैको मोवाइल स्विच अफ छ। प्रहरी गोजीमा पक्राउ पुर्जी बोकेर उनीहरु हुनसक्ने सम्भावित स्थानमा पुगिसकेको छ। तर, फेला पार्न सकेको छैन। श्रोतका अनुसार गत बुधबार शिल्पा भोजपुरी फिल्म जय शम्भुको सुटिङमा व्यस्त थिइन्।

त्यही दिन उनले फेसबुकमा सुटिङका दृश्यसमेत राखेकी थिइन्। त्यसपछि पनि उनी धेरै दिन सामाजिक सञ्जालमा एक्टिभ नै देखिएकी थिइन्। पक्राउ पुर्जी जारी भएको दोश्रो दिनदेखि शिल्पाको मोवाइल स्विच अफ भयो। छबिले त त्यही दिन मोवाइल स्विच अफ गरेका थिए।

उनीहरु निकटका श्रोत भने यी दुबै कहाँ छन् केही बोल्न चाहँदैनन्। यी दुबैको खोजीमा सक्रिय काठमाडौँ प्रहरी परिसरका एक प्रहरी अधिकारीले उनीहरु हुनसक्ने सम्भावित सबै ठाउँमा पुग्दासमेत फेला नपरेको दाबी गरे।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...