देश हाँकिरहनुभएका दुवै पाइलट उपचार गराउन समुद्री टापु जानुभन्दा नेपालमै अस्पताल बनाउन सकिन्न ?



हाम्रो इकोनोमि

 

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा सुविधासम्पन्न अस्पताल बनाएर सबैले स्वदेशमै उपचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

 

सत्तारुढ दल नेपाल कम्नियुष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल “प्रचण्ड” र केपी शर्मा ओलीलाई लक्षित गरि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अरबौं रूपियाँको लागतमा भ्यूटावर निर्माण गर्नुको सट्टा सुविधासम्पन्न अस्पताल अस्पताल बनाएर स्वदेशमै उपचार गर्न सुझाव दिएका हुन् ।

 

नेकपाका अध्यक्ष प्रचण्ड, पत्नी र छोरीसहित मंगलबार संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेको र प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने चर्चा चलेपछि भट्टराईले उक्त धारणा व्यक्त गरेका हुन् ।

उनले बुधबार सामाजिक सञ्जाल (ट्वीटर) मा लेखेका छन् ;”देश हाँकिरहनुभएका दुवैजना पाइलटहरू स्वास्थ्योपचार र आरामकानिम्ति सपरिवार विदेशको समुद्री टापु र मरूभूमि जानलाग्नु भएछ!वहाँहरूको स्वास्थ्यलाभ र शुभआराम होस्! तर संसारकै प्राकृतिक रूपले सुन्दर नेपालमै अरबौं रूपियाँको भ्यूटावरको सट्टा सुविधासम्पन्न अस्पताल प्लस रिसोर्ट बनाउन सकिन्न?”

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...