ओसामा बिन लादेनका छोरा हम्जा मारिए



हाम्रो इकोनोमि

 

अमेरिकी गुप्तचर अधिकारीहरूले अलकायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् ।अमेरिकी सुरक्षा अधिकारीहरूको हवाला दिँदै हम्जाको मृत्युको खबर प्रकाशमा आए पनि कहाँ, कहिले र कसरी उनको ज्यान गयो भन्नेबारे अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हृवाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि हम्जाको मृत्युबारे कुनै टिप्पणी गरेका छैनन् ।

करिब ३० वर्षका हम्जा आफ्ना बाबु ओसामाको पदचाप पछ्याउँदै अघि बढ्दै आइरहेका थिए । उनलाई अलकायदाभित्र उनका पिताका उत्तराधिकारीका रुपमा समेत हेर्ने गरिएको थियो ।

केही समयअघि मात्रै हम्जाले अरब प्रायद्वीपका जनतालाई विद्रोह गर्न अपिल गर्दै अमेरिकालगायतका देशहरूमा आक्रमण गर्न भनेका थिए । उनले आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो रिपोर्ट नै सार्वजनिक गरेका थिए ।

हम्जाको यस्तो गतिविधिबाट सशंकित बनेको अमेरिकी सरकारले त्यसयता उनीबारे सोधीखोजी थालेको थियो । बसेको स्थानबारे जानकारी दिनेलाई मात्रै १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा अमेरिकाले गरेको थियो ।

हम्जा साउदी अरेबियाका नागरिक हुन् । तर, अमेरिकाले खोजी थालेपछि साउदीले गत मार्चमा उनको नागरिकता खारेज गरिदिएको थियो ।

हम्जाका बाबु ओसामाको सन् २०११ मा अमेरिकी सेनाको कारबाहीमा परी पाकिस्तानमा मृत्यु भएको थियो । उनको मृत्युपछि अलकायदा कमजोर बन्दै गएको आँकलन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...