यी मुलुक जहाँ युवतीमाथि सोमबारको दिन केटाहरुलाई यस्तोसम्म गर्न दिइन्छ छुट !



हाम्रो इकोनोमि

 

दुनियाँका चलनहरु पनि कस्ता कस्ता ? दुनियाँमा यस्ता ठाउँ पनि रहेछन्, जहाँ सोमबारको दिन केटाहरुलाई मनलाग्दी गर्न छुट दिइन्छ ।
मध्य युरोपेली देशहरु पोल्याण्ड, चेक गणतन्त्र तथा पूर्वी युरोपेली देश युक्रेनमा एक खास सोमबार विशेष विदा हुन्छ । उक्त दिन युवकहरु आफ्नो मनपर्ने युवतीलाई मज्जाले भिजाउन पाउँछन् ।

ती देशहरुमा वेट मन्डे अर्थात् भिजेको सोमबार नामक पर्व मनाइन्छ । इस्टर पर्वको सोमबारका दिन त्यहाँ मानिसहरु एक अर्कालाई पानीले भिजाएर रमाइलो पर्व मनाउँछन् । यसरी एक अर्कामा पानी छेप्नाले पाप पखालिने विश्वास छ । तर एक खास कारणबाट केटाहरुलाई त्यसो गर्नमा छुट दिइएको हुन्छ ।

परम्परा अनुसार यदि गाउँ वा त्यस क्षेत्रकी सबैभन्दा सुन्दर महिलालाई यदि कुनै पुरुषले पानीले भिजाउँछ र ती महिलाले प्रतिवाद गर्दिनन् भने त्यो भिजाउने पुरुषले जिवनमा गरेका पापहरु मेटिन्छन् भन्ने विश्वास छ ।

तर समय बदलिएसँगै पछिल्लो समय केटाहरुले जो सुकै केटीहरुलाइ पनि पानीले भिजाइदिने गरेका छन् । कतिपय अवस्थामा त पानी हान्ने र प्रतिवाद गर्ने सिलसिलामा विवाद र झगडा पनि हुने गरेको छ ।

सोमबारको दिन केटाले केटीलाई पानीले भिजाएर पाप पखाल्छन् भने अर्को दिन मंगलबार केटीहरुका लागि छुट्टाइएको हुन्छ । त्यस दिन केटीहरुले केटालाई पानीले भिजाएर पाप पखाल्ने परम्परा छ । तर पछिल्लो समय चाहीँ सोमबारै केटा र केटीले एक आपसमा पानी हानाहान गर्ने गर्दछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...