सन्नीले आफ्नो नम्बर दिएपछि तनावमा यी युवक



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सन्नी लियोनीको कारण अहिले एक युवा तनावमा रहेका छन् । जसको समाधानको लागि ती युवक पुलिस चौकीमा उजुरी दिन बाध्य भए । फिल्म ‘अर्जुन पटियाला’ मा सनी ले एक मोबाइल नम्बर बताउँछिन् । मान्छेहरूले उनले दिएको नम्बर सनी लियोनीकै सम्झेपछि यसले समस्या आएको हो ।

 

त्यसपछि युवाहरूले उक्त नम्बरमा फोन गर्न थाले । तर त्यो मोबाइल नम्बर सनी लियोनीको थिएन । नम्बर दिल्लीमा रहने पुनीत अग्रवाल नामक एक व्यक्तिको थियो । ती व्यक्तिले अहिले यो नम्बर सनीको होइन भनेर भन्दाभन्दा वाक्क भइसकेको बताएका छन् ।

 

पुनीतलाई दैनिक एक सयभन्दा बढी सनीलाई भन्दै फोन आउने गर्छन् । फोन गर्ने सबैले सनीसँग कुरा गर्न चाहेको बताउँछन् । यो फोनबाट पुनीत यति तनावमा परे कि, उनले प्रहरीमा उजुरी नै दिएका छन् ।

 

‘अर्जुन पटियाला’ २६ जुलाईमा रिलिज भएको थियो । फिल्म रिलिज भएपछि पुनीतको मोबाइलमा निरन्तर फोन आउन थाल्यो । हैरान भएपछि सनी र निर्माताविरुद्ध पुनीतले उजुरी दिएका छन् । पुनीतको मोबाइलमा भने फोन आउन छोडेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...