लामो समय शारीरिक सम्बन्ध कायम राख्न, यी कुरामा ध्यान दिनुहोस्
कतिपय सम्बन्धहरु यौनसम्बन्धका कारण विग्रिएको उदाहरणहरु सुन्नमा आउँछन् । यौन एक जैविक आवश्यकता भएर पनि यसका लागि सधै आफु र आफ्नो पार्टनरलाई तयार राख्नु जरुरी हुन्छ । लामो समय यौनसम्बन्ध राख्नका लागि केही उपाय अपनाउन सकिन्छ जसले गर्दा यौन जीवन सुखी बन्न सक्छ ।
जस्तो कीः
यौन साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने जस्ता काम, तर एक–अर्कालाई घिन लाग्ने सामान नजिक नल्याउनुहोस्। यौनसम्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्। खुलेर कुराकानी गर्नुहोस्।
एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौन क्रियाकलाप मस्तिष्कबाटै सक्रिय होस्।
कतिपय महिला–पुरुष मुखमैथुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो। एक–अर्काको संवेदनशील अंग चलाउने गर्नुहोस् ।
श्रीमती परपुरुषसँग शारीरिक सम्बन्ध राख्दै गर्दा श्रीमानले भेटेपछि…
राज भण्डारीले दुई महिना अघि झापाकी रमिता पोखरेलसँग मागी विवाह गरेका थिए। २०७६ बैशाख १८ गते राज र रमिताबीचमा धुमधामसँग विवाह भएको थियो । केही दिन उनीहरुले रमाइलो साथ समय बिताए । २०७६ जेठ ३२ गते राज र रमितासँगै ससुराली भद्रपुर गए । माईतमा रहेको समयमा रमिताले श्रीमानको मोबाइलबाट आफ्नो फेसबुक खोलिन् ।
फेसबुकमा उनले ‘लग आउट’ गरिनन् । भर्खरै बिहे गरेकी श्रीमतीको फेसबुकमा गाउँमै मामा भन्ने एक जनाले म्यासेज गरिरहेको र कुराकानी हुने गरेको राजले जानकारी पाए । राजलाई उनीहरुको कुराकानीमा शंका लाग्यो । शिव कौशिक रमिताको घरमा पूजा गराउने पण्डितसमेत हुन् । उनीहरूबीचमा बिहेअघि नै सम्बन्ध रहेको आशंका राजले गरे ।
रमितासँगको फेसबुकमा पण्डितसमेत रहेका शिवले दुईवटा बिहेको योग परेकाले रमिता र राजबीचको सम्बन्ध टिकाउ नहुने ज्योतिषीले दाबी गरेका थिए । दुई बिहेको योग मेटाउन केही समयमा कदम चाल्नुपर्ने जानकारी उनले गराए । तर केही समय पहिले मात्र राज रमिताको चिना उनैले हेरेर उत्तम जोडी बन्ने भन्दै लगन जुराइदिएका थिए ।
केही दिन आफू माइत बसेर आउने भनेपछि राजले रमितालाई भद्रपुरमै छोडेर आफ्नो घर फर्के । राज आफ्नो घर र रमिता माइत रहेको भएपनि उनीहरुबीच कुराकानी सामान्य नै चलिरहेको थियो । रमिताको गतिविधिप्रति शंका लागेपछि राजले फेसबुक च्याटमा उनको नियमित फलो गरिरहेका थिए।
यही बीचमा रमिता र शिवबीचको कुराकानीमा बिहे दोष मेटाउने कुराकानी भयो । रमिताले उक्त दोष मेटाउन के गर्नुपर्ने हो, आफू तयार रहेको बताइन् । उनका उक्त कुरापछि पण्डित शिवले बिहेको दोष मेटाउन बिहे अघि वा पछि परपुरुषसँग यौनसम्पर्क राख्नुपर्ने बताए । यो उनको अप्रत्यक्ष यौन प्रस्ताव थियो ।
पण्डितको उक्त प्रस्ताव कसरी सम्भव छ भनी रमिताले जवाफ फर्काइन् । पण्डित शिवले अन्य बाहिरी मान्छेसँग यस्तो सम्बन्ध बनाउन सम्भव नभए आफैं कटाइदिन तयार रहेको बताए । पण्डितको उक्त जवाफपछि रमिताले कहाँ र कुन ठाउँमा भनी उनको प्रस्ताव स्वीकार गरिन् ।
पण्डित र रमिताबीचमा उनको माइतीमै उक्त कार्य सम्भव हुने गरी योजना बन्यो । रमिताको माइतीमा दिउँसो बाबुआमा जागिरमा जाने भएकाले उक्त स्थान सुरक्षित भएको उनीहरुको निष्कर्ष थियो । श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका राज चाही रङ्गेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे ।
सोही कुराकानीपछि २०७६ असार ८ गते बिहान अन्दाजी १०ः१५ बजे रमिताको माइतीमा शिव पुगे । शिव उक्त घरमा पुग्दा रमिता मात्रै थिइन् । पण्डित र श्रीमती रमिताको कुराकानी राजले पछ्याइरहेका थिए ।
उनले ससुराली पुगेर आफूसहित अन्य केही साथमा लिएर श्रीमतीको घर पछ्याउन थाले । राज अघिल्लै दिन असार ७ गते भद्रपुर पुगेर बसेका थिए । ससुराली पुग्दा शंका हुने र श्रीमतीको योजना सफल नहुने भन्दै उनी अन्य स्थानमा बसे । बिहे गरेको दुई महिनामै श्रीमतीको ब्यवहारवाट अचम्ममा परेका उनी रंगेहात पक्राउ गर्ने योजनासहित पर्खिरहे ।
असार ८ गते बिहान उनी १० बजे ससुराली नजिकै पुगे र नजिकै चिहाएर बसे । सासु–ससुरा जागिरमा हिडेलगत्तै पण्डित शिव उक्त घरमा प्रवेश गरे । शिव घरमा पसेको पाँच मिनेटपछि राज उक्त घरमा छिरे ।
बन्द ढोकाभित्र यौन क्रियाकलापमा संलग्न भएको अवस्थामा उनीहरुलाई फेला पारे । १०ः१२ जना मानिसको टोलीसहित ससुराली पुगेका राज आफ्नी श्रीमती नाङ्गै परपुरुषसँग यौन क्रियाकलापमा संलग्न भएको देखेपछि प्रहरीलाई खबर गरे ।
उक्त घटनापछि राजले रमितालाई अस्वीकार गरेर पण्डित शिवलाई जिम्मा लगाए । गाउँलेसहितको टोलीले शिवलाई जिम्मा लगाएपछि रमिता चुप बसिनन् । पण्डित शिवले आफूमात्र भएको समयमा घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिइन् । उनको उक्त जाहेरीका आधारमा हाल झापा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा विचाराधीन छ ।
दुई महिनामै बिहे समाप्त भएपछि रमिताले श्रीमान विरुद्ध पनि जाहेरी दिइन् । श्रीमान राजले आफ्नो फेसबुक दुरुपयोग गर्दै अनधिकृत रुपमा चलाएर बलात्कारसम्म पुर्याएको भन्दै विद्युत्तीय कारोबार ऐन अन्तर्गत कारबाहीको माग गर्दै रमिताले जाहेरी दिइन् ।
उक्त मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतले सुनुवाई गर्दै राज अधिकारीलाई २५ हजार धरौटीमा छोडेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युत्तीय कारोबार ऐन अनुसार उनीसँग धरौटी माग गर्ने आदेश गरेको हो ।
रमिताले भने राजले आफ्नो फेसबुकबाट शिवसँग जाहेरवाला बनेर अश्लिल यौन उत्तेजनात्मक भाषाशैलीमा च्याट गरी कुराकानी गरिरहेको जस्तो भान पारेको दाबी गरेकी छन् ।
तर रमिताले भने राजले आफ्नो फेसबुकबाट शिवसँग जाहेरवाला बनेर अश्लील यौन उत्तेजनात्मक भाषाशैलीमा च्याट गरी कुराकानी गरिरहेको जस्तो भान पारेको दाबी गरेकी छन् । षडयन्त्रमूलक ढङ्गबाट कुराकानी गरी विद्युतीय माध्यमको दुरूपयोग गरी सामाजिक सञ्जालबाट विवाहित महिलाको चरित्रहत्या गरी राजले विद्युतीय अपराध गरेको दाबी रमिताको छ ।
रमिताले यसबाट आफूले उचित क्षतिपूर्ति र राजलाई कानून बमोजिम कारबाही गर्नुपर्ने माग गरेकी छन् । जिल्ला अदालत काठमाडौंले मुलुकी फौजदारी संहिता अनुसार राजले अपराध गरेको वा अपराधमा संलग्न नभएको प्रमाण नभएको भन्दै धरौटी माग गर्ने आदेश गरेको छ।
जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पण्डित शिवलाई झिकाएर बयान गराउने समेत आदेश गरेको छ । अर्को सुनुवाई अघि शिवको बयान गराउनु पर्नेछ ।