भयानक कार दुर्घटना, एकै परिवारका ७ जनाको निधन



हाम्रो इकोनोमि

 

अचानक भएको कार दुर्घटनामा ७ जनाको ज्यान गएको छ । यात्रुले भरिएको कार अनियन्त्रित भएर पल्टीदा ७ जनाको ज्यान गएको छ । भारत महाराष्ट्रको सतारामा आज दुर्घटना भएको हो । ज्यान गुमाउनेहरु सबै एकै परिवारका सदस्य भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

यस घटनामा चालक गम्भीर घाइते भएको र उनको उपचार भइरहेको जानकारी दिइएको छ । यो दुर्घटना सतारा नजिक बोरगाउँ क्षेत्रको बेंगलुरु–पुणे राजमार्गमा भएको हो । कर्नाटक धारवाड़ निवासी निजामुद्दीन सौदागर परिवारका ६ सदस्यसहित मुम्बई तर्फ आइरहेका थिए । आज राती करीब एक बजे कार दुर्घटनामा परेको थियो ।

 

मर्नेहरुमा २ पुरुष, २ महिला १ जना साढे तीन वर्षको छोरा र ५ र ७ वर्षकी दुई छोरी रहेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५ जनाको घटनास्थलमा नै ज्यान गएको हो । बोरगाउँका एएसपी सीएस मालीले तिव्र गतिका कारण कार दुर्घटनाग्रस्त भएको जानकारी दिए ।

 

कारमा निजामुद्दीन सौदागर, उनकी पत्नी, छोरा, बुहारी, एक नाती र दुई नातिनी सवार थिए । निजामुद्दीनका नातेदार अहिले घटनास्थल पुगेका छन् । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...