नेपाली केटी सुनितासँगको बिबाह बारे गोबिन्दाले मुख खोले



हाम्रो इकोनोमि

 

बलिउडमा नेपाली ज्वाईको रुपमा चर्चा पाएका अभिनेता गोबिन्दा यस्ता नायक हुन् जसले बलिउड फिल्ममा आफ्नो अभिनयले फरक छाप छोडेका छन् । लगभग हरेक खालका चलचित्रमा गोबिन्दाले दर्शकलाई भरपुर मनोरञ्जन दिएका छन् ।

 

विशेषगरी ९० को दशकपछि गोबिन्दाले कमेडी जनरलाई नयाँ उचाई दिएको र फिल्मनिर्माताले उनकै कारण यसलाई गम्भीरतापूर्वक लिन सुरु गरेको बताइन्छ । गोबिन्दा हालै चर्चित पत्रकार रजत शर्माको टिभी शो ‘आपकी अदालत’ मा पुगे जहाँ उनले आफ्नो विवाहबारे रोचक खुलासा गर्न भ्याएका छन् ।

 

केही वर्ष अघि गोबिन्दा त्यतिबेला चर्चामा आएका थिए जब उनले आफ्नी श्रीमती सुनितासँग एकपटक पुनः विवाह गरेका थिए । कार्यक्रममा गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारण खुलाए । आमाको इच्छा अनुसार गोबिन्दाले श्रीमतीसँग पुनर्विवाह गरेको बताए ।

 

उनले भने, ‘आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको थिए । ’ उनले सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग धुमधामका साथ विवाह गरेका थिए । गोबिन्दाले आफ्नी श्रीमती सुनितासँगको भेटलाई याद गर्दै भनेका थिए, ‘म सुनितासँग एउटा पार्टीबाट फर्किरहेको थिएँ ।

 

उनको हात मेरो हातसँग छोइएको थियो तर हामी दुबैले हात हटाएनौं । यसरी नै हाम्रो सम्बन्धको सुरुवात भयो । ’ गोबिन्दाका काका आनन्द सिंहले उनलाई ‘तन बदन’ बाट डेब्यू गराएका थिए र त्यति नै बेला आनन्द सिंहकी साली सुनिता मुंजाल गोबिन्दाको प्रेममा परिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...