थाहा पाउनुहोस् आजको मौसम, कहाँ कहाँ पर्दैछ पानी ?



हाम्रो इकोनोमि

 

आज देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो या अपराह्न देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

राति भने पूर्व तथा मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। अहिले देका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकामा पनि अहिले आंशिक बदली रहेको मौसमविद् गंगा नगरकोटीले बताइन् । अपराह्नतिर यहाँ पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।

हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा धेरै दक्षिण भारतमा रहेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको महाशाखाले जनाएको छ।

आगामी तीन दिनसम्म देशका केही स्थानमा मेघ गर्जनसहित तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशहाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

 

महाशाखाले बिहान जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

साउन १५ गते बुधबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ। देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १६ गते बिहीबार
दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरुमा मेगगर्जन सहित वर्षा हुने सम्भावना छ।

साउन १७ गते शुक्रबार
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावना छ ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेगगर्जनसहित वर्षा हुने सम्भावनन छ । देशको पूर्वी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...