धाराको पानी छोएको भन्दै यति हदसम्मको निन्दनीय र अमानवीय कार्य



हाम्रो इकोनोमि

 

नेपाली समाजमा अहिले पनि छुवाछुतजस्तो गम्भीर सामाजिक अ’पराध कायमै छ । समयसमयमा हामीले नेपाली समाजमा यस्ता जघन्य अ’पराधहरु भइरहेको देख्दैं आइरहेका छौं । दलित अधिकारका लागि सरकारले धेरै कुराहरु लिएर आएको छ ।

तर यो र यस्तै सामासजक समस्या भनेका जनताको चेतनास्तरमा परिवर्तन नआएसम्म सुधार हुन सम्भव हुँदैन । यो बीचमा दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा सार्वजनिक धारामा पानी भरेको प्लाष्टिकको ड्रम छोएको निहुँमा दलित महिलालाई गैरदलित महिलाले धा’रिलो ह’सिया प्रयोग गरी घाईते बनाएको घटना बाहिर आएको छ ।

कालिकोट तिलगुफा नगरपालिकाकी उपमेहर दर्शना नेपालीले सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा कुरा उठाउनु भएको छ । दलित महिला लाइ गैरदलित महिलाले पानी छोएको निहुँमा ज्यानै मार्ने हमला गरि घाइते बनाएको र स्थानीय जनप्रतिनिधि र केहि राजनीतिक व्यक्तिहरुले बहानाबाजी गरि मेलमिलाप गराउन खोजेकोमा घोर आपत्ति जनाएकी हुन । उनले फेसबुकमा लेखेकी छिन्,

#घोर भत्सर्ना गर्दछु ? घटना प्रति गम्भिर ध्यानाकर्षण भएकाे छ………… दैलेख जिल्ला नारायण नपा वडा नं. १० भवानीमा पानीकाे धारामा पानी भरेकाे प्लाष्टिककाे ड्रम छाेएकाे निहुँमा दलित महिलालाई गैरदलित महिलाले धा’रिलाे ह’सिया प्रयाेग गरी घाईते पारेकाे घटना प्रति मेराे गम्भिर ध्याकर्षण भएकाे छ ।

यस घटनालाई वहानावाजि गरी मेलमिलापकाे दुसाहस गरी कानुनलाई हातमा ल्याउँन खाेज्ने जनप्रतिनिधि र केही राजनीतिक व्यक्तिलाई कानुनले बर्जित गरेकाे काममा नलाग्न जानकारी गराउँदछु र कानुन कार्यान्वयन गर्ने निकायले पीडितलाई Fast Trak बाट न्याय प्रदान गरी राज्यकाे शाेषित पीडित, पिँधमा परेका र न्यायकाे खाेजिमा भाैतारिएका जनतालाई कानुनी राज्यकाे अनुभुति गराउँन अपिल गर्दछु ।।’

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...