विप्लवका कार्यकर्ताले ३ वडा कार्यालय र दुई वटा गाडीमा आगजनी गरे



हाम्रो इकोनोमि

 

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा नचिनेका मानिसको समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् । यस्तै भौतिक क्षति भएको छ ।

 

यसैगरी नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा नचिनेका मानिसको समूहले मंगलबार राति बम बिस्फोट गराएको छ । बिस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ ।

 

यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैँडाटार वडा कार्यालयमा मंगलबार राति आगजनी भएको छ । आगजनीका कारण कार्यालयमा क्षति भएको छ । आगजनी तथा बिस्फोटको जिम्मा कसैले लिएका छैनन् ।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सम्बद्ध समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएकाछन् । कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

 

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ । हेटौँडाको थानाभञ्याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...