बुधबार विप्लवको बन्दः कुन कुन जिल्लामा पर्ने छ असर ? (विज्ञप्तिसहित)



हाम्रो इकोनोमि

 

भोली नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेको छ । आफ्ना केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा पक्राउको बिरोधमा उक्त पार्टीले भोलि बन्दको आवह्वान गरेको हो । नेकपाले यहीँ साउन १५ गते अर्थात भोली बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आवह्वान गरेको जनाएको छ ।

 

विद्रोही नेकपाले लामा सहित सम्पुर्ण नेता कार्यकर्ताको विना सर्त रिहाईको माग गरेको छ । नेकपा प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका इन्चार्ज माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लु’टेरो, द’लाल, ह’त्यारा, गु’ण्डा नायक प्रहरीभित्रको बदनाम गि’रोहले गि’रफ्तार गरेको छ ।

 

यसले आफ्नै काठमाडौं अदालत समक्ष गि’रफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गि’रफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...