दैनिक १० जना भ्रष्टाचारीले हामफालेर मरेको सुन्‍न पाऊँ झपट रावल



हाम्रो इकोनोमि

 

सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिएका छन्। मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका हुन्। नेकपाका सांसद झपट रावलले निर्दोषहरुले आत्महत्या गर्ने दिन अन्त्य हुनुपर्ने बताउँदै अपराधी र भ्रष्टाचारीले मर्नै पर्ने बताए ।

 

‘अपराधी र भ्रष्टाचारीले आठ तलाबाट मात्रै होइन, त्यहाँ भन्दा अझै माथिबाट हामफालेर मर्ने अवस्था आउनुर्छ’, रावलले भने, ‘दिनको १० जना भ्रष्टाचारी मरेको भन्ने खबर सुन्‍न पाइयोस।’

 

ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार मालपोतका तत्कालीन खरिदार तथा कांग्रेस पर्वतका सचिव युक्त श्रेष्ठले हामफालेर आत्महत्या गरेकोबारेमा बोल्दै सांसदहरुले भ्रष्टाचारविरुद्ध राज्यसंयन्त्र आक्रमक हुनुपर्ने मत राखे। बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्ने बताए। त्यस्तै कडा अभिव्यक्ति सत्तारुढ दल नेकपाका सांसद झपट रावलले पनि दिएका छन्।

 

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका युक्त श्रेष्ठको हत्या भएको दाबी गरेपछि नेकपाका सांसदहरुले फरक र कडा भनाइ राखेका हुन्।

 

सत्तापक्षकै सासंदको बिरोधले कांग्रेस तीनछक, नेकपाकै सासदको यस्तो अनौठो शैली

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...