खुसीको अबर, अब क्यान्सर रोगको उपचार १८ करोडको अत्याधुनिक मेशिनबाट नेपालमै हुने



हाम्रो इकोनोमि

 

 भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारमा अत्याधुनिक प्रबिधी  लिनायक मेशिनबाट सेवा सुरु भएको छ। क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालमा साइत जुराएर सोमबार  पुजाआजा गरि मेसिन सञ्चालनमा ल्याइएको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले बताए।अस्पतालमा आएका बिरामीले अब अत्याधुनिक प्रबिधीको  क्यान्सर उपचार सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेको श्रेष्ठले दावी गरे।

 

लिनायक सेवाबाट  नीजी अस्पतालमा एउटा कोर्सको उपचार गर्दा  एक लाख देखि तीन लाख सम्म पर्ने गरेपनि भक्तपुर क्यान्सरमा ४० हजारमात्र पर्ने श्रेष्ठले दाबी गरे। मेसिन जडान कार्यक्रममा अस्पताल सञ्चालक समितिका कृष्ण प्रसाद ताम्राकार, संस्थाका महासचिव बिमल कुमार होडा, क्यान्सर विशेषज्ञ डा. उज्जवल चालिसे लगायतका चिकित्सकको सहभागिता थियो।

 

भक्तपुरको क्यान्सर अस्पतालले अत्याधुनिक रेडियो थेरापी लिनायक मेशिन भित्रयाएको ६ महिनामा सञ्चालनमा आएको छ। करीब १८ करोड पर्ने यो मेशिन माघ महिनामा  नेपाल ल्याइ पुर्‍याएसंगै अब यो अस्पतालले क्यान्सरको उपचारमा अत्याधुनिक सेवा सुरु गरेको थियो। अस्पतालले नेपाल सरकारको ५ करोड अनुदान उपलब्ध गराउने भनेपनि सहयोग रकम प्राप्त नभएको श्रेष्ठले गुनासो गरे।

 

भारत सरकारले प्रदान गर्ने मेशिन र नेपाल सरकारको अनुदानमा ल्याउन लागिएको अत्याधुनिक लिनायक मेशिन सञ्चालन भएपछि भने रेडियो थेरापी गर्नुपर्ने बिरामीले पालो कुर्नु नपर्ने उनको भनाइ छ।

 

रेडियो थेरापीका लागि अत्याधुनिक मेशिन लिनायक मेशिन भित्रिएसंगै यसले क्यान्सरको उपचारमा कोबाल्ट ६० ले भन्दा पनि बढी र प्रभावकारी सेवा दिनुका साथै क्यान्सरको उपचारमा हुने नकरात्मक असरलाई कम गर्ने भक्तपुर अस्पतालले जनाएको छ।

 

यो सेवा सुरु भएपछि गरीब तथा मध्यम बर्गमा उपचार सेवा सस्तो र सहज रुपमा पुग्ने अस्पतालले अपेक्षा लिएको छ। यसैगरी चाडै नै क्यान्सर बिरामीको उपचारमा सहयोग हुने अत्याधुनिक भाभाट्रोन रेडियो थेरापी उपकरण  कोबाल्ट ६० विथ सिमुलेटर पनि भारतबाट आउने भएको छ। यो मेशिन पनि भारतीय प्रधानमन्त्री मोदीबाट निःशुल्क प्रदान गरीने घोषणा भएसँगै क्यान्सर बिरामीलाई अब सहजरुपमा सेवा दिन सकिने अस्पतालका कार्यकारी निर्देशक डा ऋषिकेश नारायण श्रेष्ठले बताए।

 

करीब १८ करोड पर्ने यो मेशिन आएपछि हाल सञ्चालनमा रहेको २० वर्ष पुरानो कोबाल्ट रेडियो थेरापी मेशिनलाई प्यालिएटिभ केयरका लागि प्रयोगमा ल्याउने तयारी अस्पतालको छ।

 

विसं २०५५ मा रोटरी क्लब अफ युकेलगायतको सहयोगमा अस्पताललाई प्राप्त साइरस रेडियो थेरापी कोबाल्ट मेशिनले हालसम्म सेवा दिँदै आए पनि पुरानो भएकाले पछिल्लो समयमा अपेक्षित सेवा दिन नसकिएको अस्पतालले जनाएको छ।

 

यसैगरी, भारत सरकारले दिने भनेको  भाभाट्रोन रेडियो थेरापी उपकरण आएसंगै  अस्पतालमा क्यान्सरका बिरामीलाई सहजरुपमा गुणस्तरीय रेडियो थेरापी सेवा दिन सकिने उनको भनाई छ। अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले रेडियो थेरापीको सेवा लिन क्यान्सरका बिरामीले दुई महिना कुर्दै पर्ने वाध्यता रहेको बताए।

 

पुरानो मेशिनबाट हाल दैनिक एक सय देखि १ सय १५ जनासम्मको थेरापी हुँदै आएको छ। हाल ओपिडी, फलोअप र रेडियो थेरापीलगायतको सेवा लिन अस्पतालमा दैनिक ५ सय जनाभन्दा बढी बिरामी आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...