भूमि गत कालमा छोरी,आमा र बाउ भन्दै डा.बाबुरामले परिवार सहितको फोटो फेसबुकमा राखेपछि



हाम्रो इकोनोमि

 

डा.बाबुराम भट्टराईले जनयुद्धमा होमिएका बेलाको स-परिवारको तस्वीरले यतिबेला सामाजिक सञ्जाल फेसबुकमा निक्कै चर्चा पाएको छ ।

डा. भट्टराईले ‘भूमिगत कालमा छोरी,आमा र बाउ !’ क्याप्सनसहित राखेको तस्वीरमा बेग्ला बेग्लै टिप्पणी गरेका छन् । धेरैले जनयुद्धको मर्म विर्षेको बताएका छन् भने केहिले द्व*न्द्वकालको सम्झनाले सताएको उल्लेख गरेका छन् ।

तारा केसीले लेखेको कमेन्टमा आजकै दिनदेख्न जनयु*द्ध भएको हो भनेर प्रश्न सोधेका छन्।

उनले लेखेका छन्-‘द*न्द्कालको निकै सम्झना आए जस्तो छ डा:साब लाई त्यसरी जनयु*द्ध गरेको आज यिनैदिन देख्न लाई हो?’ विर्खबहादुर शाहीले लेखेका छन्-‘१७ हजारको कोटामा नपर्नु सौभाग्य हो ।

हामिलाई पनि रहर थियो आप्नो बाबाको साथमा फोटा खिच्ने तर त्यो खुसी तपाईंहरुको भुमिगतको मार्गले चक*नाचुर पार्यो ।’

त्यस्तै सुरेश भट्टराईले भुमिगत जीवनमा पनि फोटो खिच्न स्टुडियो छिर्नु भएछ । तपाईंसँग त सानो परिवार सुखी परिवार सधै भरी छ तर धेरैका परिवारको बि*चल्ली पार्नु भो,यसरी फोटो धेरैले खिछे होलान, धेरैको फोटोमा मात्र बाउ होलान तर घर कहिल्यै आए नन । लापता!’

प्लिज बुद्ध भुवनले लेखेका छन्-‘साह्रै दुख लाग्यो कतिपय कमेन्ट पढ्दा,हो १७ हजार शहीद हुनु भो र उहाँहरु कै ब*लिदानले गर्दा नै देशमा पनि ठूलो परिवर्तन आएको छ

जुन बेला राज्य पक्षलाई एक शब्द भन्न नसकिने अबस्थाबाट यो अबस्थामा पुगिएको छ,सबैको हकहित पूरा होला नहोला तर पनि त्यो अवस्था निर्माण गर्न ठूलो भुमिका छ जनयुद्धको ।

अ*श्लिल राजनीतिका कारण अलग भएका डा.साबको दोष छैन जस्तो लाग्छ जे भयो राम्रैको लागि भयो। भुमिगतको तस्वीरको सम्झना आउनु भनेको अझै नेपाली जनताको एजेण्डा पूरा नभएको अनुभूति गराउँछ। लामो समयको अन्तरालमा पनि।

सकारात्मक सोच राखि एक पटक विश्वास गरौं र हेरौं । त्यस्तै गणेश लिम्बूले लेखेका छन्-‘अहिले अलि बुद्धि बिगि्रएको भए पनि नेपाली जनता को मौलिक हक को लागि नेतृत्व दायी भुमिका गरिदिए को मा धन्यवाद बाद डाक्टर साब ।’

दाहाल मिराजले व्यंग्य गरेका छन्- ‘भूमिगत भएकाहरु अहिले खुलम खुल्ला हिड्न पाए र त्यो बेला खुल्लम खुला हिडेका १७ हजारलाई सदाका लागी भुमिगत बनाईदिए! वा डाउटर साहेब!!’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...