यी हुन प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालत (हेग) लान्छु भनेर चुनौती दिने पुर्व माओवादी लडाकु



हाम्रो इकोनोमि

 

लामो समय देखि चर्चामा रहेका पूर्व माओवादी लडाकू लेलिन बिष्टले प्रचण्डलाई हेग लैजान तयार भएको स्पष्ट पार्नुभएको छ । अन्तर्राष्ट्रिय अदालत (हेग) लगेमा आफूलाई केही फरक नपर्ने उल्टै विश्वको हिरो बनेर निस्कने पुष्पकमल दाहालको भनाई प्रति प्रतिक्रिया दिँदै लेनिनले प्रचण्डमा छटपटाहट सुरु भएको बताउनुभयो । उहाँले आफुहरुले न्यायका लागि अन्तर्राष्ट्रिय पहल गरिरहेको भन्दै त्यसको नतिजा स्वरुप प्रचण्डको हिरो बनेर निस्कने अभिव्यक्ति आएको खुलासा गर्नुभयो ।

 

हिरो नै बन्न मन भए पीडितहरु सबै एक ठाउँमा आएर दाहाललाई हेग जान सहयोग गर्ने बताउनुभयो । विप्लव माओवादीका केही नेताहरुलाई आफ्नो पार्टी नेकपामा प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लैजाने भन्दै दिइएको धम्कीलाई ‘प्रतिगामीको डिजाइन’ को संज्ञा दिनुभएको थियो । पूर्व माओवादी लडाकू विष्टले हालै संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को कार्यालय जेनेभामा आफूहरूमाथि अन्याय गरिएको भन्दै निवेदन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...