सांसद शान्ता चौधरी हिमालय कलेजमा कानुन विषय पढ्दै



हाम्रो इकोनोमि

 

कोटेश्वर स्थित हिमालय कलेजले आज कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम काटेश्वरमै गरेको हो ।

 

उक्त कार्यक्रमको सभापति कलेजका प्रिन्सिपल राम हरि सिलवाल, प्रमुख अतिथि नेकपाकी सांसद शान्त चौधरी , अतिथि महेश दाहाल र नरेन्द्र अधिकारी रहनु भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै संसद चौधरी भन्नुभयो ‘सफलता पाउनको लागि संकल्प गर्न आवश्यक छ ।’ आफु ८ वर्षको हुदा देखि नै अरुको घरमा कमैया भएर बसेको सहित पिडा व्यक्त गर्नु भयो ।

 

‘आफु सानै देखि पढ्ने स्वइच्छा भएपनि अरुको घरमा काम गर्ने भएका कारण संघर्ष गर्दा गर्दै जिवनको सपना भएकाले आफुले एसइइ पास गरेकी छु । ’

सांसद चौधरीलाई हिमालय कलेजले अध्ययनको लागि अनुरोध गरेकोमा सांसद चौधरीले कानुन लिएर पढ्न स्विकार गर्नु भयो साथै आमा सँगै एसइइ उतिर्ण गरेकी छोरी पनि हिमालय कलेजमै विज्ञान विषय लिएर पढ्ने जानकारी दिनु भयो ।

कमलहरी देखि सांसद हुदाँ शिक्षाको कमिले आफुले भोगेको हण्डर ठक्कर सम्झिदै पिएचडी गर्ने चाहना रहेको बताउनु भयो र शिक्षा नै देशको विकासको मेरुडण्ड रहैको भन्दै विद्यार्थीहरुले कहिल्य हरास नखानु इमान्दरीता पुर्वक कर्य गरेमा अवश्य सफलता पाइन्छ भन्दै विद्यार्थीलाई हौसला दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...