काठमाडौँको कलंकीमा गोली चल्यो



हाम्रो इकोनोमि

 

काठमाडौँको कलंकीमा गोली चलेको छ । काेठाभित्र बसेर बढिरेहकी युवतीमाथि लक्षित गरि गोली प्रहार भएको हो ।गएराति  कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको हो ।

शर्माको तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली उनको काेठमा छिरेको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले एयरगनको गोली होकि जस्तो देखिएको बताए । गोली परीक्षणका लागि विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।

घटनाको परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिने डिएसपी बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...