एसएसपीको छोरीको विवाहमा ठेकेदारको लर्को



हाम्रो इकोनोमि

 

असारको अन्तिममा नेपाल प्रहरीमा सामान आपूर्ति गर्ने ठेकेदारहरुका लागि दौडधूप चल्ने गर्दछ । गुणस्तर टेष्ट गर्न पठाउनेदेखि टेष्ट भएका सामानहरु बुझाउनका लागि ठेकेदारहरु लागेका हुन्छन् । सामान पास नहुने हो कि भन्ने त्राहीमाम ठेकेदारहरुलाई हुन्छ । प्रहरी प्रधान कार्यालयको प्रबन्धदेखि आर्थिक प्रशासन महाशाखाका हाकिमहरुलाई खुसी बनाउन उनीहरु रातदिन लाग्ने गर्दछन् । यसरी ठेकेदारहरुको दौडधूप चलेकै समयमा आर्थिक महाशाखाका प्रमुख एसएसपी दीपक थापाले छोरीको विवाह कार्यक्रम सम्पन्न गरेका छन् । २०७६ असार १६ मा एसएसपी थापाको छोरीको विवाह थियो ।

 

विवाह भोज गैरीधाराको एलिस पार्टी प्यालेसमा थियो । उक्त भोजमा ठेकेदारहरुबाट राम्रै सहयोग उठाइएको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार करिब १४ सय निम्तालु सहभागी उक्त भोजमा ब्ल्याकलेबल, वाइनदेखि सबै पेय पदार्थ राखिएको थियो । प्रतिप्लेट १८ सय रुपैयाँमा निम्तालुका लागि खानाको ब्यवस्था गरेका थापाको भोजमा प्रहरीमा डीएमएस बुटदेखि चुस्ताको ठेक्का पाएका ज्ञानेन्द्र बस्नेतदेखि टोपेन्द्र बीसीसम्म सहभागी थिए ।

 

राजमान मिश्र, रितेश अग्रवाल, पिताम्बर मुन्का, वीरेन्द्र जोशी लगायतका ठेकेदारहरु पनि विवाह भोजमा निम्तालु थिए । आर्थिक प्रशासन महाशाखाको प्रमुख गुणस्तर हेर्ने कमिटीको संयोजक पनि हुने भएकाले थापाको छोरीको विवाहमा ठेकेदारहरुले मन फुकाएरै सहयोग गरेका थिए । असार १५ मै सामान बुझाउने अन्तिम समय हो । सामान बुझाएर भुक्तानी हुने दिन भएकाले पनि ठेकेदारहरुले आर्थिक प्रशासनका एसएसपीका छोरीको विवाहमा राम्रो सहयोग गरेका थिए । यसअघि आर्थिक प्रशासन महाशाखा प्रमुख हुँदा एसएसपी पवन खरेलले पनि छोरीको विवाह गरी ठेकेदारहरुबाट सहयोग लिएको चर्चा भएको थियो । वर्तमान एसएसपी थापाले पनि खरेल पथ अनुशरण गरी मौकाको सदुपयोग गरेका छन् ।

 

नेपाल प्रहरीको भण्डार शाखाले केही ठेकेदारहरुलाई सामान पूरा नबुझाउँदै गुणस्तर परीक्षणका लागि पठाएको छ । नेपाल प्रहरीले गुणस्तर टेष्टका लागि भारतमा पठाउने गर्दछ । त्यसमा ३ वटा सामान पूरा नबुझाएका कम्पनी पनि छन् । आर्थिक प्रशासन महाशाखाका एसएसपी थापा निकट कम्पनी हुन् भन्दै भण्डार शाखाले गुणस्तर टेष्ट गर्न पठाएको छ । जबकि सामान पूरा नबुझाई गुणस्तर टेष्ट गर्न पठाइँदैन । गुणस्तर हेर्ने कमिटीको आर्थिक प्रशासन महाशाखाका प्रमुख संयोजक हुन्छन् । उनले पूरा सामान नबुझाइकन आर्थिक बर्षको अन्तिममा भुक्तानी दिएका छन् ।

 

गुणस्तरको मामलामा आर्थिक प्रशासन प्रमुख उत्तम कार्की कानुन बमोजिम गर्ने भनेर चिनिन्छन् । उनी आर्थिक प्रशासन महाशाखा प्रमुख हुँदा तत्कालीन आइजीपी उपेन्द्रकान्त अर्यालले दिएको दबाबसमेत अस्वीकार गरेका थिए । नेपाल प्रहरीको प्रबन्धमा बसेर इन्स्पेक्टरबाट अवकाशपछि ठेक्कापट्टामा लागेका खिला केसीको २२ हजार जोर डीएमएस बुट गुणस्तर फेल भएपछि अर्यालले खिलाको कुरामा ‘पोजेटिभ भइदेऊ’ भन्दा पनि उनले अस्वीकार गरेका थिए ।

 

खिला केसीले तत्कालीन अख्तियार आयुक्त दीप बस्नेतमार्फत् आइजीपी अर्याललाई दबाब दिएका थिए । बस्नेत खिला केसीका नातेदार थिए । तर एसएसपी कार्कीले त्यतिबेलाका आइजीपी अर्याललाई ‘केसीको फेल भएको डीएमएस बुटको भुक्तानी दिए मलाई मात्र होइन, तपाईलाई पनि हत्कडी लाग्छ’ भनेर प्रतिवाद गरेका थिए । पछि केसीको कम्पनी कालोसूचीमा प¥यो । टोपेन्द्र बीसीको ३ हजार थान स्लीपीङ ब्याग गुणस्तर फेल हुँदा नेपाली कांग्रेस सुर्खेतका नेता हृदयराम थानीदेखि विभिन्न शक्तिकेन्द्रबाट दिएको दबाब पनि कार्कीले सुनेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...