बिहानै विमान दुर्घटना ,१९ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

एक विमान दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको एक विमान आज बिहानै दुर्घटनामा परेको हो ।

रावलपिन्डीको रिहायशी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनामा ५ चालक दलसहित १९ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेहरुमा १४ आम सर्वसाधारण भएको बताइएको छ । यस दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार मृतकहरुको संख्या अझै बढ्ने आशंका गरिएको छ । पाकिस्तानी सेनाका अनुसार दुई पाइलटले पनि ज्यान गुमाएका छन् ।

यस्तै, रावलपिन्डीका अस्पतालहरुमा आपत्तकाल लगाइएको छ । पाकिस्‍तानी सेनाका अनुसार यो विमान प्रशिक्षण उड़ानमा थियो ।

यो बीचमा विमान रावलपिन्डीको दुर्गम क्षेत्र मोरा कालू गाउँमा दुर्घटनाग्रस्‍त भयो । घटना बिहानै भएको हुँदा राहत तथा उद्धार कार्यमा ढिलाई भएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...