बिहानै विमान दुर्घटना ,१९ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

एक विमान दुर्घटनामा पर्दा १९ जनाको मृत्यु भएको छ । पाकिस्तानी सेनाको एक विमान आज बिहानै दुर्घटनामा परेको हो ।

रावलपिन्डीको रिहायशी क्षेत्रमा विमान दुर्घटनामा परेको हो । दुर्घटनामा ५ चालक दलसहित १९ जनाको मृत्यु भएको छ ।

ज्यान गुमाउनेहरुमा १४ आम सर्वसाधारण भएको बताइएको छ । यस दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार मृतकहरुको संख्या अझै बढ्ने आशंका गरिएको छ । पाकिस्तानी सेनाका अनुसार दुई पाइलटले पनि ज्यान गुमाएका छन् ।

यस्तै, रावलपिन्डीका अस्पतालहरुमा आपत्तकाल लगाइएको छ । पाकिस्‍तानी सेनाका अनुसार यो विमान प्रशिक्षण उड़ानमा थियो ।

यो बीचमा विमान रावलपिन्डीको दुर्गम क्षेत्र मोरा कालू गाउँमा दुर्घटनाग्रस्‍त भयो । घटना बिहानै भएको हुँदा राहत तथा उद्धार कार्यमा ढिलाई भएको जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...