भदौदेखि विवाहमा ५१ जना भन्दा बढी जन्ती जान नपाइने



 

विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अबस्थामा मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यबहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागु गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिन दिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएका छरछिमेकी र इष्टमित्रले एक हजार भन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने उल्लेख छ ।

जन्ती जाँदा बाजागाजासहित ५१ जना भन्दा बढी लैजान नहुने, केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक छरछिमेक र इष्टमित्र मध्ये ५१ जना भन्दा बढीलाई आमन्त्रण गर्न नपाइने ऐनमा उल्लेख छ ।

न्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म र पितृ कार्य गर्दा कार्यसँग सम्बन्धित नजिकका नातेदार बाहेक छर छिमेक, इष्टमित्र मध्ये २५ जना भन्दा बढीलाई आमन्त्रण गर्ननहुने र त्यस्ता कार्यमा सहभागी तथा आमन्त्रितले एक हजार भन्दा बढी नगद वा सोभन्दा बढीको जिन्सी सरसामान दिनलिन नहुने जारी ऐनमा उल्लेख छ ।

ऐनमा देउसीभैलो जस्ता परम्परागत् चाडपर्व मनाउने क्रममा कसैलाई करकाप हुने गरी रकम माग गर्न नपाइने र गाईतिहार र भाइटीकाको दिनमात्र खेल्नुपर्ने व्यबस्था छ ।

चौथो गाउँसभाबाट पारित गरी गाउँपालिका भित्र लागु हुने गरी ऐन तयार पारेर कार्यान्वयन तर्फ लागिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीम परियारले बताउनुभयो ।

उहाँले मदिराजन्य पदार्थ उत्पादक महिलालाई सिपमूलक तालिम दिएर उत्पादन घटाउँदै लैजाने तयारी गाउँपालिकाले गरेको उहाँले बताउनुभयो ।

जुवातास तथा सामाजिक विकृतिमा सुधार ल्याउने, रोजगारीको माध्यमबाट आत्मनिर्भर मकवानपुर गढी निर्माण, समाजमा रहेका सबैखाले असमानता र विभेद अन्त्य गरी सबै क्षेत्रमा सामाजिक सुशासन कायम गर्ने जस्ता काममा सहज हुने गाउँपालिका अध्यक्ष विदुर हुमागाईंको विश्वास छ ।

भदौबाट ऐन सबै वडामा लागु हुने अध्यक्ष हुमागाईंले बताउनु भयो ।

गाउँपालिकामा असमान ज्याला रहेकोले खेतीपाती वा अन्य कामका लागि महिला र पुरुषलाई ज्याला समान दिनुपर्ने व्यबस्था गरिएको छ ।सरकारका सम्बन्धित निकायमा दर्ताभएर मदिरा बिक्री

वितरणको इजाजत प्राप्त पसल तथा दर्ता भएका रेष्टुराँले अन्तः शुल्क दस्तुर बुझाएको सिलप्याक मदिरा बेलुका ५ बजेदेखि राति ८ बजेसम्म बेचबिखन गर्न पाइने तर प्लाष्टिक पोकामा राखिएको मदिरा आयात तथा बेचबिखन पूर्णतः बन्देज गरिएको छ ।

उहाँले ऐनबमोजिम मौखिक वा लिखितरुपमा अनुरोध गर्दा अटेर गरे वा गर्नलागे यस्ता व्यक्तिउपर कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जनाउ दिइनुका साथै गाउँपालिका मार्फत् प्रवाह गरिने सेवासुबिधा रोक्का गर्न सकिने अध्यक्ष हुमागार्इंले चेतावनी दिनु भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गर्दा आज मालपोत कार्यालय सिरहाका नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको छ ।

गोप्यसूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीबाट खटिएको टोलीले छड्के जाँच गर्दा घुससहित मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश ठाकुर र त्यही कार्यालयमा लेखापढी व्यवसाय गर्ने राजवंशी चौधरीलाई पक्राउ गरे को हो ।

मोहीको लागत पट्टावापत सेवाग्राहीबाट रु पाँच हजार रकम लेखनदास चौधरीमार्फत नासु ठाकुरले लिएकाले घुससहित दुबैलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट