ओपोको नया मोडेलको ‘वाटरफल स्क्रिन’ मोबाइल सार्वजनिक



हाम्रो इकोनोमि

 

ओपोले ‘वाटरफल स्क्रिन’ डिजाइन सहितको एउटा प्रोटोटाइप उपकरण प्रदर्शित गरेको छ ।

यसमा रहेको झण्डै भर्टिकल (ठाडो) ८८ डिग्रिको कर्भ्ड बडीले सटिक दृष्यानुभूति दिनुका साथै उपकरणलाई करिव करिव बोर्डर रहित बनाइदिएको छ ।

यसले ओपोको मोबाइल फोनलाई नयाँ आकार दिने नवप्रबर्तनात्मकता तिर अग्रसर खोजीको प्रतिनिधित्व गर्नुका साथै, फुलस्क्रिन प्रविधि र उत्कृष्ट सौन्दर्यता अग्रसर खोजीपनि प्रतिबिम्बित गरेको छ ।

‘वाटरफल स्क्रिन’ले प्रस्तुत गरे झैँ नयाँ आकार सम्बद्ध विभिन्न कारक तत्व तथा धातु सम्बन्धि खोज ओपोको आरएण्डडीका ५ प्रमुख क्षेत्र मध्य एक हो । कर्भ्ड डिस्प्ले डिजाइनका क्षेत्रमा पनि ओपोको फराकिलो अनुभव रहेको छ ।

पछिल्लो पटक ओपो फाइन्ड एक्समा कम्पनीले पानोरामिक आर्क स्क्रिन डिजाइनका साथमा ९३.८ प्रतिशत स्क्रिन–टू–बडी रेसियो प्रस्तुत गरिसकेको छ । नयाँ ‘वाटरड्रप स्क्रिन’ फोनको बाह्य डिजाइनमा ओपोको नयाँ उपलब्धि हो ।

उपभोक्तालाई स्मार्ट उपकरणका अनेकन विकल्प उपलब्ध गराउन ओपो सुन्दरता र नवप्रबर्तनात्मक प्रविधि विचको मिलन विन्दूको निरन्तर खोजीमा लागि परेको छ ।

अब वाटरफल स्क्रिन डिजाइनका माध्यमबाट ओपोले आफ्ना उपभोक्तालाई अदृतिय दृश्यानुभुति र अभूतपूर्व सौन्दयानुभव प्रदान गर्ने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...