राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै कांग्रेसभित्र बबन्डर



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसभित्र हिन्दूराष्ट्रको विषयले बेलाबेला चर्चा पाएपनि मूर्त रुप पाउन सकेको छैन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ । तर, बैठकमा कुनै पनि नेताले हिन्दूराष्ट्रको कुरा उठाएका छैनन् ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले हिन्दूराष्ट्रको विषयलाई केन्द्रीय कार्यसमितिको बैठकमा उठाउने बताउँदै आएका छन् । भण्डारीले सार्वजनिक कार्यक्रमहरूमा हिन्दूराष्ट्रको कुरा उठाउने गरेका छन् । कांग्रेसभित्र नेता भण्डारीले मात्रै जोडदार रुपमा हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउने गरेका हुन् ।

 

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा बेलाबेला अभिव्यक्ति दिने गरेका छन् । डा.कोइरालाले हिन्दूराष्ट्रको पक्षमा बोले पनि उनले स्पष्ट रुपमा एजेण्डा बोक्न सकेको छैनन् । हिन्दूराष्ट्रको पक्षमा उनको दोहोरो चरित्रले कांग्रेसका नेता तथा कार्यकर्ताहरू आश्चर्यमा परेका छन् ।

 

नेपाली कांग्रेसका अर्का नेता डा.शेखर कोइरालाले पनि हिन्दूराष्ट्रको पक्षमा झिनो स्वरमा अभिव्यक्ति दिँदै आएका छन् । उनले पनि जिब्रो चपाएको कांग्रेसभित्र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनेहरूले आरोप लगाउने गरेका छन् ।

 

खुमबहादुर खड्का जीवित रहँदा उनले हिन्दूराष्ट्रको पक्षमा जोडदार रुपमा आवाज उठाएका थिए । तर, खड्काको निधनसँगै यो एजेण्डा मुर्छित अवस्थामा पुगेको नेताहरूको भनाइ छ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला नै नेपाललाई धर्मनिरपेक्ष बनाउन सक्रिय भएर लागेको आरोप छ । दोस्रो जनआन्दोलनपछि महत्वपूर्ण पदमा रहेका सिटौलाले अन्तरिम संविधान बनाउने क्रममा हिन्दूराष्ट्रको शब्द हटाएर धर्मनिरपेक्ष बनाउन भूमिका खेलेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...