विनाअनुमति रात्रि ब्यवसाय संचालनः प्रहरी प्रशासनलाई टाउको दुखाई
डिस्को, डान्स बार र रेष्टुरेन्ट खोल्न राज्यका सरोकारवाला निकायबाट अनुमति लिनुपर्छ । तर ठमेल र दरबारमार्गमा खाजाघरदेखि रेष्टुरेन्टसम्म विना दर्ता रातभर संचालन हुँदैआएका छन् । दर्ता भएका डिस्कोदेखि डान्स र रेष्टुरेन्ट पनि राति १० बजेसम्मको अनुमति लिएर रातभर संचालन हुँदा प्रहरीलाई शान्ति सुरक्षाको ब्यवस्थापन गर्न मुस्किल हुँदै गएको छ ।
डान्स, दोहोरी, लाउन्ज बार, रेस्टुरेन्ट, स्यान्ड्विज प्वाइन्ट, क्याफेहरु १२ बजे सम्म संचालन हुनुपर्नेमा निर्वाध रुपमा रातभर संचालन भइरहेका छन् । यदि राज्यले तोकेको मापदण्ड अनुसार क्याफे, रेस्टुरेन्ट, दोहोरी, डान्स, लाउन्जहरुले १२ बजे बन्द गर्ने र डिस्कोथेकहरुले २ बजेसम्म संचालन अनुमति पाएकोमा सो समयमै बन्द गर्ने हो भने सबै खालको व्यवसायलाई राम्रो हुने देखिन्छ ।
रातभर संचालन हुने त्यस्ता रात्रि ब्यवसायमा चोरी, लुटपाट र झैझगडा जस्ता अपराध दैनिकजसो हुने गरेका छन् ।
दरबारमार्गको डेजाभु डिस्कोले अमेरिकी डिजे मार्समेलोलाई ल्याएर कार्यक्रम गर्ने भनेर महंगोमा टिकट बिक्री गरेका कारण सृजित विवाद मिलाउन प्रहरीलाई निकै गाह्रो परेको थियो । ठमेलको लर्ड अफ ड्रिंक्स(एलओडी)मा भारतीय गायिका नेहा कक्कर ल्याउँदा पनि हंगामा भएको थियो ।
रात्रि ब्यवसाय विना दर्ता संचालन हुने, दर्ता भए पनि तोकिएको समयभन्दा बढी समयसम्म खोल्ने गर्दा पनि प्रहरीले नियन्त्रण गर्न नसकेकोबारेमा काठमाडौं परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्–विनादर्ता संचालन भएका र अनुमति लिएको समयभन्दा बढी संचालन गर्नेहरुको अनुगमन भइरहेको छ । त्यस्तो पाइए कारबाही गर्नेछौं ।
सो अनुसार चल्ने हो भने नेपाल प्रहरीलाई समेत सुरक्षा व्यवस्था मिलाउन सहज हुने प्रहरी अधिकारीहरु बताउँछन् । यसले गर्दा थोरै जनशक्तिले पनि प्रहरीले त्यस्ता व्यवसायमा सुरक्षा प्रदान गर्न सक्नेछ तर, मनोमानी ढंगले राज्यको कानुनलाई चुनौती दिंदै रातभर संचालन हुँदा एकातिर प्रहरी समेत पंगु बन्दै देखिएको छ भने अर्कोतिर जिल्ला प्रशासन कार्यालयको निर्णय समेत कार्यान्वयन हुन सकिरहेको छैन । ठमेल क्षेत्रमा खाजाघरका नाममा बालश्रमिक प्रयोग गर्ने, यौन गतिविधि हुने गरेकोबारेमा पनि प्रहरीकोमा गुनासो पुग्ने गरेका छन् ।
पछिल्लो समयमा रातभर खुल्ने गरेका ठमेल र दरबारमार्ग क्षेत्रका डिस्को, डान्सबार र खाजाघरका कारण चोरीका घटना बृद्धि भएर दिनप्रतिदिन प्रहरीलाई ब्यवस्थापन गर्न कठिन हुँदै गएको छ । प्रहरी प्रशासनले तिनलाई नियमन गर्न निश्चित मापदण्ड बनाउन सकेको छैन । यदि राज्यले तोकेको मापदन्ड अनुसार क्याफे, रेस्टुरेन्ट,दोहोरी , डान्स, लाउन्जहरुले १२ बजे बन्द गर्ने र डिस्कोथेकहरुले २ बजेसम्म संचालन अनुमति पाएकोमा सो समयमै बन्द गर्ने हो भने सबै खालको व्यवसायलाई राम्रो हुने देखिन्छ ।
सो अनुसार चल्ने हो भने नेपाल प्रहरीलाई समेत सुरक्षा व्यवस्था मिलाउन सहज हुने प्रहरी अधिकारीहरु वताउँछन् । यसले गर्दा थोरै मेनपावरले पनि प्रहरीलाई त्यस्ता व्यवसायमा सुरक्षा प्रदान गर्न मिल्नेछ । तर,मनोमानी ढंगले राज्यको कानुनलाई चुनौती दिंदै रातभर खोल्दा एकातिर प्रहरी समेत निकम्मा बन्दै देखिएको छ भने अर्कोतिर जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
ठमेललगायत पर्यटकीय क्षेत्रलाई चौबीसै घन्टा खुलाउने योजना गृहप्रशासनले ल्याएको थियो । अहिलेसम्म सो योजना कार्यान्वयन हुन सकेको छैन । आवश्यक तयारी नपुगेको भन्दै योजना कार्यान्वयन हुन नसकेको हो । व्यवसायीहरूले पनि यसमा खासै चासो दिएका छैनन् । विनाअनुमति उनीहरूले रातभरि व्यवसाय गर्न पाइरहेकाले उनीहरुले चासो नदेखाएका हुन् ।
राति २ बजेसम्म संचालन अनुमति लिएर ठमेलमा २४ घन्टा संचालन भइरहेका डिस्कोहरु
फायर डिस्को थेक लाउन्ज बार प्रालि
ओजिज लाउन्ज एण्ड डिस्को प्रालि
सिनेट रेष्टुरेन्ट एण्ड लाउन्ज प्रालि
टकिला डिस्को एण्ड लाउन्ज प्रालि
इबिजा लाउन्ज एण्ड डीजे थेग प्रालि
सीएनआई क्लव प्रालि
फेसेस लाउन्ज रेष्टुरेन्ट प्रालि
लर्ड अफ द ड्रिक्स प्रालि(एलओडी)
रिलोड बार
प्लेब्वाइज लाउन्ज प्रालि
जोमो लाउन्ज एण्ड डिस्को प्रालि
क्वीन महल लाउन्ज एण्ड बार प्रालि
गितार लाउन्ज एण्ड बार प्रालि
एचटुओ लाउन्ज बार प्रालि
रिफ्रेस लाउन्ज एण्ड बार
राति १२ बजेसम्म संचालन अनुमति लिएर २४ घन्टा संचालित ठमेलका डान्स बार रेष्टुरेन्टहरु
डोको रेष्टुरेन्ट एण्ड लाउन्ज
नसा रेष्टुरेन्ट एण्ड बार प्रालि
बेबो रेष्टुरेन्ट एण्ड बार प्रालि
डान्सिङ याक रेष्टुरेन्ट एण्ड बार प्रालि
कट्टीरोल एण्ड बर्गर सेन्टर
डेली डोज फर्म
स्यान्डवीच प्वाइन्ट सेन्टर
फेवा रोधी क्लव प्रालि
हनीबिज डान्सबार प्रालि
लेटनाइट फुड कर्नर
बुद्धबार काठमाडौं रेष्टुरेन्ट प्रालि
स्यानवीच प्यालेस
ठमेल मार्ट
पोखरा दोहोरी नाच घर
दुनियाँ क्याफे एण्ड बार प्रालि
ड्रिंक हाउसटन एण्ड बार प्रालि
धुरी ग्यालरी लाइभ क्याफे
जिंक डान्सबार
नगरकोट दोहोरी डान्स कल्चर रेष्टुरेन्ट एण्ड बार प्रालि
दि निष्ट क्याफे प्रालि
रिफ रेष्टुरेन्ट एण्ड बार प्रालि
गाउँबेसी दोहोरी
दरबारमार्गमा १२ बजेसम्म अनुमति पाएका तर २४ घन्टा संचालित रेस्टुरेन्टहरु र लाउन्जहरु
लिक्वीड लाउन्ज
कासा लाउन्ज
जुजुवा लाउन्ज
क्लासिक लाउन्ज
अन क्लक लाउन्ज
कौशी लाउन्ज
नोर्लिङ गजल
राजघराना रेष्टुरेन्ट
टाइटानिक डान्स एण्ड बार
सिजलिङ डान्स बार
त्रिसरा (ठमेल र लाजिम्पाटमा समेत)
दरबारमार्गमा २ बजेसम्म अनुमति लिएर ४ बजेसम्म संचालन हुने डिस्कोहरु
उडल्याण्ड क्लव
आइक्लब
डेजाभु
भिक्ट्री


