नेपाली नोटको डिजाइनर सुन्दर श्रेष्ठ भन्छन बुद्धका तस्बिर सबै भारतबाट आएका हुन्



हाम्रो इकोनोमि

 

३० वर्षे सरकारी सेवाबाट अवकाश लिएपछि सुन्दर श्रेष्ठको समय चावहिलस्थित निवासमै बित्ने गरेको छ । उनको डिजाइन कौशल भने हरेक नेपालीको गोजीदेखि सपनामा चलमलाइरहेका छन् ।

 

उनी ३० वर्षअघि नेपाल राष्ट्र बैंकमा जागिरेका रूपमा प्रवेश गरेका थिए । उनकै कलाकौशल हरेक व्यक्तिको श्रमसम्म पुगेको छ । उनकै कलाकौशलबाट बनाइएका नेपाली नोट बजारमा चलिरहेका छन् । उनले नै सबै नेपाली नोटका डिजाइन गरेका हुन् ।

 

‘जागिरका क्रममा मैले धेरै नेपाली नोट डिजाइन गरें’, उनी भन्छन्, ‘चलनचल्तीमा भएका सबै नेपाली नोट मैले डिजाइन गरेको हुँ ।’ नोट मात्र होइन, उनले १ हजार २ सयभन्दा बढी नेपाली चलचित्रका पोस्टर डिजाइन गरेका छन् । नोट डिजाइन गरेको थाहा पाउनेले आफूलाई जिस्क्याउने गरेको रमाइलो अनुभव उनीसँग छ ।

 

‘तपार्इं त नोट बनाउने मान्छे, पैसाको के चिन्ता है भन्दै जिस्क्याउने गर्नुहुन्छ’, उनी भन्छन्, ‘अन्य देशका नोटभन्दा नेपाली नोट राम्रा देखिन्छन् । किनकि, यस्तामा चित्र र रंगको समिश्रण राम्रो छ ।’

 

जागिरबाट अवकाश पाएपछि मात्र आफू सार्वजनिक भएको उनी सुनाउँछन् । ‘नोट बनाउने मान्छेलाई अपहरण गरिदेला कि भन्ने चिन्ता थियो’, उनी भन्छन्, ‘अझै कतैबाट नक्कली नोट समायो भने मलाई चिन्ता लाग्छ । कतै मलाई शंका त गर्दैनन् ।’

 

नेपाली नोटमा के–के राखिएको छ भन्ने जानकारी राष्ट्र बैंकका केही व्यक्तिलाई मात्र थाहा हुन्छ । सुरक्षाका कारण यस्तो कुरा गोप्य राख्ने गरिन्छ । पहिले राजाको फोटोअंकित नोट बजारमा चल्ने गरेका थिए । त्यसपछि नोटमा के राख्ने भन्नेमा निकै छलफल चलेको उनी उल्लेख गर्छन् ।

 

‘मैले ३५ भन्दा बढी डिजाइन गरेको थिएँ । नेपाली नोटमा सबैको प्रतिनिधित्व हुने गरी जुलुसको तस्बिर राख्ने सुझाव पनि आएको थियो’, गणतन्त्रपछि निस्किएका नोट बनाउँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘जुलुसको तस्बिर राख्दा आँखा नदेख्ने र कान नसुन्नेको प्रतिनिधत्व नहुने भयो ।’

 

नेपालको नोटमा बुद्धको तस्बिर राख्ने तयारी थियो । केही देशले बुद्ध आफ्नो देशमा जन्मिएको भ्रम फैलाएका बेला नेपाली नोटमा बुद्धको तस्बिर राख्दा राम्रो हुने सुझाव पनि राष्ट्र बैंकलाई दिइएको थियो । ‘आधिकारिक तस्बिर नभेटिएपछि नोटमा बुद्धको तस्बिर राख्न सकेनौं’, उनी भन्छन्, ‘बुद्धका तस्बिर जति भेटिन्छन् ती सबै भारतबाट आएका हुन् ।’ एस काठमाण्डौबाट साभार

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...