सिंगापुरसँग लज्जास्पद हार, नेपालको टी–२० विश्वकप सपना टुट्यो



हाम्रो इकोनोमि

 

टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत अन्तिम खेलमा नेपालले सिंगापुरसँग लज्जापद हार ब्यहोरेको छ ।

योसँगै नेपालको टी–२० विश्वकप सपना टुटेको छ । आइतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ ।

घरेलु टोली सिंगापुरले नेपाललाई जितका लागि १९२ रनको फराकिलो लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउन ब्याटिङ्गमा उत्रिएको नेपाललाई लगातार ९ विकेट ढलेपछि लज्जास्पद हारतको भागिदार बन्न बाध्य भयो ।

सुरुवातमा नै नेपालका कप्तान पारस खड्का आउट भएका छन् । कप्तान पारस १० खेल खेल्दै मात्र १२ रन जोडेर आउट भएका थिए ।

त्यसपछि क्रिजमा रहेका उपकप्तान ज्ञानेन्द्र मल्लपनि आउट भए । लगत्तै शरद भेष्वाकरपनि आउट भए ।

केही समयपछि रोहित पौडेलपनि आउट भए । त्यसपछि विनोद भण्डारी, करन केसी, सोमपाल कामी र सन्दिप लामिछाने र दिेपेन्द्रसिंह ऐरी आउट भए ।

सन्दिप लामिछाने र करन केसी शुन्य रनमा नै आउँट हुँदा नेपाललाई ठूलो क्षति भयो । लगातार सबै विकेट गुमाएर नेपाल मात्र १५ ओभरमा मात्र समेटिएसँगै मात्र १०९ रन जोडेर विदा भयो ।

यता इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले टिमोथी डेभिसको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको हो। डेविलसले सर्वाधिक ७७ रन बनाए।

उनले ४३ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै ओपनर रोहन रंगराजनले ४९ रन जोडे। अर्धशतकबाट १ रनले चुकेका उनले ३३ बल खेल्दै ३ चौका ४ छक्का प्रहार गरे।

यस्तै मनप्रित सिंहले २७ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे। नेपालको लागि अभिनाश बोहराले ४ विकेट लिए। उनले ४ ओभरमा ३४ रन खर्चे। यस्तै करणले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। नेपालको क्राइसिस म्यानु उपनामले चिनिने स्पिनर वसन्त रेग्मी सिंगापुरविरुद्ध भने निकै महाङ्गा सावित भए। उनले आफ्नो ४ ओभर स्पेलमा ५४ रन खर्चेर विकेट लिन सकेनन्। टी २० अन्तर्राष्ट्रियमा नेपाली बलरको यो अहिलेसम्मकै खराब प्रदर्शन हो।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...