स्कूल विभाग कसैले पाएनन्, राखे ओली- प्रचण्डले



हाम्रो इकोनोमि

 

नेकपाले स्कूल विभागको विवाद टुंग्याउँदै विभाग, आयोग र प्रवासको आज कार्यबिभाजन गर्ने भएको छ । नेकपामा पार्टी स्कूल विभागको प्रमुखलाई लिएर निकै तानातान भएको थियो । स्कुल विभागमा दुवै दलले सामान दावी गरेपछि नेकपा सचिवालयको बैठक दुई पटक स्थगित भइसकेको थियो ।

 

पार्टी स्कूल विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठले जवरदस्त दावी गरेका थिए । दुई जनालाई नै स्कूल विभागको प्रमुख नबनाउने गरी दुई अध्यक्षले सहमति गरेका छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैले पार्टीको स्कुल विभाग राख्ने भएका छन् ।

 

पार्टी स्कुल विभागमा धेरै विवाद भएपछि नेकपाका केन्द्रीय सदस्यहरुले दुई अध्यक्षले नै यो बिभागको जिम्मेवारी लिनुपर्ने सुझाव दिएका थिए । ‘पहिले पनि पार्टी अध्यक्षले नै स्कुल विभाग आफैसँग राखेका उदाहरणहरु छन् । विवाद हल गर्न भएपनि स्कुल विभाग दुवै अध्यक्षले आफु मातहत राख्नु पर्दछ’ नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले भने ।

 

रिजालजस्तै धेरै केन्द्रीय सदस्यहरुले पार्टी स्कुल विभागको जिम्मा दुई अध्यक्षले नै राख्नु पर्ने सुभाव दिएका थिए । केन्द्रीय सदस्यको सुझावपछि स्कुल विभाग दुई अध्यक्षले नै राख्ने भएका छन् । स्कुल विभागको विवाद हल भएपछि नेकपाले आइतवार दिउँसो ३ बजे सचिवालय बैठक डाकेका छ ।

 

केन्द्रीय विभागको प्रमुखमा पनि प्रभावशाली नेताहरु नै प्रमुख बन्ने भएका छन् । विदेश विभागमा माधव नेपाल, संगठन विभागमा बामदेव गौतम र प्रचार बिभागमा नारायणकाजी श्रेष्ठले पाउने गरी सहमति जुटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...