मदिरा नबेच्नेलाई सरकारले दिने भयो १ लाख २० हजार पुरस्कार



हाम्रो इकोनोमि

 

नेपालमा अहिले मदिराको कुरा खुबै चर्चामा रहेको छ । संसदमा मदिरा सेवन गर्नको लागि उमेर र स्थान तोक्नुपर्ने बहस भइरहेको छ । यो बीचमा बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने भएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँ कार्यपालिकाले रक्सी बेच्न छोड्ने व्यवसायीलाइ १ लाख रकमको पुरस्कार दिने निर्णय गरेको हो ।

 

गाउँपालिकाभित्रका जोसुकै रक्सी व्यापारीले रक्सीको कारोबार गर्दिनँ भनेर मदिरा बिक्री वितरण अनुमति पत्र बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट २० हजार रकम थप गरेर जम्मा एक लाख २० हजार दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । रक्सीले गर्दा गाँउघरमा महिला हिंसाका घटनाहरु बढेकाले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँले प्रष्ट पार्नुभयो ।

 

रक्सीका कारण आफ्नै पतिबाट हिसांमा परेको कुरा लिएर स्थानीय महिलाहरु आफूकहाँ आउने गरेको र आफूले सम्झाउँदा पनि नमान्ने गरेकोले निकै समस्या भइरहेको उहाँले बताउनुभयो । न्यायिक समिति संयोजक भएकाले यस्ता घटनाहरु मिलाउने जिम्मेवारी भए पनि आफूलाई निकै सकस भएको उहाँले गुनासो गर्नुभयो ।

 

गाउँपालिकाले दिने १ लाख २० हजारले नास्ता पसल, मासु पसललगायत अन्य व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस्तो निर्णय गरेको बताइएको छ । दोगडाकेदारमा गाउँपालिकामा अरु पसलभन्दा पनि रक्सी पसल बढी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...