मदिरा नबेच्नेलाई सरकारले दिने भयो १ लाख २० हजार पुरस्कार



हाम्रो इकोनोमि

 

नेपालमा अहिले मदिराको कुरा खुबै चर्चामा रहेको छ । संसदमा मदिरा सेवन गर्नको लागि उमेर र स्थान तोक्नुपर्ने बहस भइरहेको छ । यो बीचमा बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने भएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँ कार्यपालिकाले रक्सी बेच्न छोड्ने व्यवसायीलाइ १ लाख रकमको पुरस्कार दिने निर्णय गरेको हो ।

 

गाउँपालिकाभित्रका जोसुकै रक्सी व्यापारीले रक्सीको कारोबार गर्दिनँ भनेर मदिरा बिक्री वितरण अनुमति पत्र बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट २० हजार रकम थप गरेर जम्मा एक लाख २० हजार दिइने गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । रक्सीले गर्दा गाँउघरमा महिला हिंसाका घटनाहरु बढेकाले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको उहाँले प्रष्ट पार्नुभयो ।

 

रक्सीका कारण आफ्नै पतिबाट हिसांमा परेको कुरा लिएर स्थानीय महिलाहरु आफूकहाँ आउने गरेको र आफूले सम्झाउँदा पनि नमान्ने गरेकोले निकै समस्या भइरहेको उहाँले बताउनुभयो । न्यायिक समिति संयोजक भएकाले यस्ता घटनाहरु मिलाउने जिम्मेवारी भए पनि आफूलाई निकै सकस भएको उहाँले गुनासो गर्नुभयो ।

 

गाउँपालिकाले दिने १ लाख २० हजारले नास्ता पसल, मासु पसललगायत अन्य व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस्तो निर्णय गरेको बताइएको छ । दोगडाकेदारमा गाउँपालिकामा अरु पसलभन्दा पनि रक्सी पसल बढी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...