पासवर्डबिना यसरी खोल्न मिल्छ अरुको फेसबुक, हेर्नुहोस



हाम्रो इकोनोमि

 

तपाईंले आफ्नो फेसबुकको पासवर्ड आफूलाई मात्र थाहा छ, म मात्र खोल्न सक्छु भन्ने धारणा पाल्नुभएको छ भने तपाई गलत धारणामा हुनुहुन्छ । तपाईं बाहेक पनि अरु कोहीले तपाईंको फेसबुक खोल्न सक्छन् ।

 

के तपाईंले कहिल्यै कल्पना गर्न सक्नुहुन्छ की तपाईंलाई मात्र पासवर्ड थाहा भएको तपाईंको फेसबुक अकाउण्ट कसैले पासवर्ड बिनै मज्जाले खोलिदिन सक्छ भनेर ।

 

हो, यो सत्य कुरा हो । यस्ता केही मानिस छन् जसले जो कोहीको पनि फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोलिदिन सक्छन् । आखिर को होलान् त ती मानिस ? कतै ह्याकर त होइनन् ? त्यसोभए त फेसबुक निकै असुरक्षित भयो भन्नुहोला । त्यसो पनि होइन, यी मानिसका कारण तपाईंको फेसबुक असुरक्षित होइन बरु अझै बढि सुरक्षित हुन्छ ।

 

उनीहरुलाई तपाईको फेसबुक खोल्न पासवर्डको जरुरत नै पर्दैन । ती कुनै ह्याकर हैनन् ती फेसबुक कम्पनीकै कर्मचारी हुन् । फेसबुकले आफ्ना केही कर्मचारीलाई यो सुविधा दिएको छ । वास्तवमा जो कोहीको फेसबुक अकाउण्ट बिना कुनै पासवर्ड खोल्नसक्ने क्षमता अरुमा हुने त कुरै भएन ।

 

फेसबुक प्रयोगकर्ताको सुरक्षाको सुनिश्चितता प्रदान गर्नका लागि आफ्ना केही कर्मचारीहरुलाई फेसबुकले यस्तो अधिकार तथा सुविधा दिएको हो । फेसबुकले के स्पष्ट गरेको छ भने कर्मचारीलाई दिइएको यस्तो सुविधाबाट कुनैपनि फेसबुक प्रयोगकर्ताको गोपनियतामा भने कुनै खालको खतरा उत्पन्न हुनेछैन । निश्चित काम पुरा गरुन्जेलका लागि फेसबुकले आफ्ना कर्मचारीलाई यस्तो सुविधा दिन लागेको हो ।

 

किनकी प्रयोगकर्तामाथि विश्वासघात गर्ने कर्मचारीलाई तत्कालै बर्खास्त गरिनेछ । यस्तो सुविधा सधैँभरी दिइने पनि होइन । निश्चित कर्मचारीलाई निश्चित काम पूरा गरुन्जेल सम्मका लागि मात्र दिइने हो ।

 

नेपालकै यो ठाउँमा छ विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने नियम

 

अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ ।

 

तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाएका थिए जुन अहिले पनि चलनमा छ ।

 

अर्काकी श्रीमती लैजानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि राहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...