नेपालकै यो ठाउँमा छ विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने नियम



हाम्रो इकोनोमि

 

अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ ।

तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाएका थिए जुन अहिले पनि चलनमा छ ।

अर्काकी श्रीमती लैजानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि राहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...