नेपालकै यो ठाउँमा छ विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने नियम



हाम्रो इकोनोमि

 

अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ ।

तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाएका थिए जुन अहिले पनि चलनमा छ ।

अर्काकी श्रीमती लैजानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि राहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...