देखाउन खप्पिस साम्राज्ञी !



हाम्रो इकोनोमि

 

केही सेलिब्रिटी हुन्छन्, जो सकभर आफ्नो सम्बन्ध दुनियाँको नजरबाट लुकाएर राख्न चाहन्छन्। तर, केही सेलिब्रिटी साम्राज्ञीराज्यलक्ष्मी शाहजस्ता पनि हुन्छन्, जो सकभर केही लुकाउनै नपरे हुन्थ्यो भन्छन्। उनीहरू प्रेमी मात्र होइन, प्रेमीसँगका एक–एक गतिविधि दुनियाँलाई देखाउँछन्।

देखाउने चक्करमा कति देखाउने भन्ने चाहिँ ज्ञान हुन्न, अनि विवादमा पर्छन्। साम्राज्ञीका नयाँ प्रेमी देवांश राणासँगको बालीको समुन्द्रमा खिचिएको फोटोले अहिले यही दायरा पार गरेको चर्चा छ।

सार्वजनिक फोटोमा साम्राज्ञीलाई प्रेमीले आपत्तिजनक ठाउँमा अँगालेका छन् र मुखमुद्रा पूरै कामुक छ।

यी फोटा देवांशले आफ्नो इन्स्टा अकाउन्टबाट सार्वजनिक गरेका थिए। अघिल्लो वर्ष ‘कायरा’ रिलिजको समयमा पनि साम्राज्ञीको नितम्बको फोटो सार्वजनिक भएको थियो।

नितम्बमा ट्याटू खोपेको बहादुरी देखाउन खोज्दा फोटो भाइरल भएको थियो। यतिबेला पनि साम्राज्ञी अभिनीत दुई फिल्म ‘मारुनी’ र ‘रातो टीका निधारमा’ रिलिजको सँघारमा छन्।

‘मारुनी’ भदौमा तीजको छेकोमा रिलिज हुँदै छ भने ‘रातो टीका निधारमा’ दशैँमा। फेसबुक, इन्स्टामै सबै कुरा देखाइदिएपछि दर्शक फिल्ममा के हेर्न आउँछन्?

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...