त्रिशुली अस्पतालको लापरवाहिले सुत्केरीको मृत्यु



हाम्रो इकोनोमि

 

जिल्ला अस्पताल त्रिशुलीको चरम लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको छ। अस्पताल स्रोतका अनुसार तारकेश्वर गाउँपालिका-५ की ३५ वर्षीय गाेमा वस्तीको उपचारका क्रममा मृत्यु भएको हो।

तर, परिवार तथा आफन्तले भने अस्पताल र डाक्टरहरूको चरम लापर्वाहीका कारण गोमाको ज्यान गएको बताएका छन्।

त्रिशुली अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लैजाने क्रममा गोमाको ज्यान गएको हो।

सुत्केरी गराउन अस्पतालमा रहेकी ओस्तीको विहीबार विहान ६ बजे डेलिभरी गराइएको थियो। तर एक्कासी ७ बजेतिर बच्चाको सास रोकिएको भन्दै अस्पतालले काठमाडौं रिफर गरेको थियो। बच्चाको उपचार गर्न भन्दै ओस्तीका श्रीमान् शिशुलाई लिएर काठमाडौं पुगेका थिए।

यता गोमा ओस्तीको भने रक्तस्राव बढेपछि स्थिति नाजुक बन्दै गयो । डाक्टरले रगत दिनुपर्ने भनेपछि आवश्यक रगत ब्लड बैंकमा नभएको र रक्तदान कार्यमा सक्रिय व्यक्ति मच्छिन्द्रनरसिंह प्याकुरेलले आफ्नो साथीहरुलाई बोलाएर रगतको व्यवस्था समेत मिलाएका थिए।

तर अस्पतालले उच्च रक्तस्राव हुँदा समेत लापरवाही गर्दै अन्तिम अवस्थामा ११ बजेतिर मात्र सकेसम्म छिटो काठमाडौं लैजान भनेका थिए। जुन निक्कै ढिला भइसकेको थियो।

हेलो सरकारमा गोमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएर सरकारी हेलिकप्टर पठाउन आग्रह गर्दा नुवाकोट सुगम जिल्ला भएकोले पठाउन नसक्ने जवाफ आएको थियो ।

गोमाको स्वास्थ्य अवस्थाको वारेमा प्रधानमन्त्रि कार्यालय,गृह मन्त्रालय, जिल्लाका सांसद लगायतलाई जानकारी गराउँदा समेत सुनुवाई नभएको बताइएको छ ।

उनको स्वास्थ्य अवस्थाको विषयमा गृह मन्त्रालयमा जानकारी गराउँदा नुवाकोट सुगम जिल्ला भएकोले हेलिकप्टर पठाउन नसक्ने र विरामीलाई केही गर्न नसकिने जवाफ आएको मृतक सुुत्केरीका आफन्तले जनाएका छन।

विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले सहजीकरण गरेपछि निजि हेलिकप्टरको नुवाकोट आएको थियो । तर हेलिकप्टरबाट काठमाण्डौ टिचिङ अस्पताल पुराउने वित्तिकै उनको मृत्यु भएको थियो । उनको बच्चा भने सकुशल रहेका छन ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...