शिल्पालाई बहुविवाह गराएको आरोपमा फिल्म निर्देशक विकास अनि सम्झना रौनियारविरुद्द मुद्दा, र जेल जाने पक्का



हाम्रो इकोनोमि

 

यिका शिल्पा पोख्रेल र निर्माता छबी ओझाको बहुबिबाह गराएको आरोपमा फिल्म निर्देशक सम्झना  राैनियार र फोटोपत्रकार विकास रौनियारविरुद्द मुद्दा परेको छ । विकास रौनियार शिल्पाले भाई टिका लगाएकी दाई  हुन् भने सम्झना विकासकी पत्नी  हुन् ।

छबीकी जेठी पत्नी हेमाले बहुविवाह मुद्धा गरेसँगै राैनियार दम्पत्तीविरुद्ध पनि मुद्धा परेको हो । हेमाको मुद्धा हेरिरहेको यूनाइटेड नेपाल लिगल सर्भिसेजले निर्देशक विकास र सम्झनासँगै काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समेतको विरुद्धमा उजुरी दिएको छ ।

उनीहरुमाथी बहुविवाह गराएको आरोप लगाइएको छ । छवी र शिल्पाको विवाहका साक्षी बसेका सम्झना र विकाससँगै बहुविवाह दर्ता गरेका वडा अध्यक्ष सहित विवाह दर्ता प्रक्रियामा सामेल भएका सम्पूर्ण कर्मचारी विरुद्ध उजुरी परेको हो । शिल्पालाई बैनी बनाएका रौनियार दम्पत्तीले विवाहमा कन्यादान दिएका थिए ।

उनीहरु दोषी ठहर भएमा बहुविवाहको मुद्धामा दोषी ठहर भएकाहरुलाई तोकिएको सजायको आधा सजाय उनीहरुले समेत भोग्नु पर्ने हुन्छ । बहुविवाहको मुद्धामा दोषीलाई १ देखि ५ वर्षसम्म जेल र १० देखि ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ । साक्षीहरुको हकमा माथि उल्लेखित सजायको आधा सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...